शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सगरमाथामा थुप्रिएका ५ हजार किलोग्राम फोहोर सङ्कलन

शुक्रबार, ०६ भदौ २०८२, १२ : ३८
शुक्रबार, ०६ भदौ २०८२

सारांश

  • नेपाल लाइफ इन्स्योरेन्सले राउन्ड टेबल नेपालसँगको सहकार्यमा सगरमाथाबाट ५,००० किलोग्राम फोहोर संकलन गरेको छ।
  • फोहोर संकलन सम्बन्धी प्रतिवेदन राउन्ड टेबल नेपालका अध्यक्षले नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृतलाई हस्तान्तरण गरे।
  • कम्पनीले सगरमाथा सफाइ अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ र आगामी दिनमा २५ हजार किलो फोहोर व्यवस्थापन गर्ने योजना छ।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले राउन्ड टेबल नेपालसँगको सहकार्यमा प्रोजेक्ट केयर अभियान अन्तर्गत सगरमाथामा थुप्रिएका ५,००० किलोग्राम फोहोर सङ्कलन गरेको छ । 

नेपाल लाइफ इन्स्योरेन्सको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बिच राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले फोहोर सङ्कलन सम्बन्धी प्रतिवेदन यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीलाई हस्तान्तरण गरेका हुन् । 

सो कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, राउन्ड टेबल नेपालका निवर्तमान अध्यक्ष नितेश कुमार अग्रवाल, राउन्ड टेबल नेपालका पदाधिकारीहरू, प्रोजेक्ट केयरको प्राविधिक साझेदारको रूपमा रहेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रतिनिधिहरू, फोहोर व्यवस्थापन, रिसाइकलिङ, र वातावरणीय संरक्षणमा योगदान पुर्‍याउँदै आएको संस्था खालिसीसीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 

नेपाल लाइफले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सगरमाथा सफाइ अभियान सञ्चालन गर्न राउण्ड टेबल नेपाल तथा प्राविधिक पार्टनर सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) सँग सहकार्य गरेको कुरा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए । पहिलो चरणमा ५,००० किलोग्राम फोहर सङ्कलन गर्न सफल भएकोमा यससँग आबद्ध सबै सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि वातावरणको रक्षाका निम्ति र नेपालको धरोहर र पहिचानको रूपमा स्थापित सगरमाथाको सौन्दर्यलाई कायम राख्न नेपाल लाइफ सदैव तयार रहेको प्रतिबद्धता जाहेर गरे । उनले सगरमाथा नेपाल मात्र नभई विश्वकै गहना भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताए । 

राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले सगरमाथा क्षेत्रमा यसपटक ५ हजार किलो फोहोर सङ्कलन गरिएको र आगामी दिनमा २५ हजार किलो फोहोर व्यवस्थापन गर्ने योजना बनाइएको कुरा बताए । साथै उनले राउन्ड टेबल नेपालले शिक्षा, स्वास्थ्य तथा वातावरणका क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै यो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप