सङ्घीयता कार्यान्वयनमा देखिएका चुनौतीको विश्लेषण गराैँ : सभामुख घिमिरे
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सङ्घीयता कार्यान्वयनमा देखिएका चुनौतीको विश्लेषण गर्ने समय आएको बताएका छन् ।
शुक्रबार ललितपुरमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै सभामुख घिमिरेले नेपालको सङ्घीयता अभ्यासले एक दशकको यात्रा पूरा गर्न लाग्दा यसका सबल पक्ष, चुनौती, सम्भावना र सुधारका क्षेत्रहरूलाई गहिरोसँग विश्लेषण गर्नुपर्ने वेला आएको बताए ।
अहिले आफूलाई लागेको कुरा नै ठिक भन्ने प्रवृत्ति बढेको भन्दै यसका कारण प्रतिफल दिन गाह्रो हुने उनले बताए । सभामुख घिमिरेले संविधानले परिकल्पना गरेको सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित तीन तहको शासकीय स्वरूप मौलिक अभ्यास भएकाले यसको कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने समेत बताए ।
सङ्घीयता कार्यान्वयनमा देखिएका चुनौतीलाई अन्तर्राष्ट्रिय अभ्यासका साथै नेपालको मौलिक अनुभवका आधारमा समाधान खोज्नुपर्ने उनको भनाइ छ । उनले प्रशासकीय संरचनामा देखिएको केन्द्रीकृत सोच, कर्मचारी व्यवस्थापन जस्ता जटिलताहरू सबै मिलेर समाधान गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सभामुख घिमिरेले प्रतिष्ठानद्वारा प्रकाशित नेपालको सङ्घीय शासन प्रणाली: आयाम र अभ्यास सम्बन्धी दोस्रो शृङ्खला पुस्तकको विमोचन समेत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण