तदर्थ समितिलाई ओलम्पिक सम्बन्धी कार्य अघि बढाउन खेलकुदमन्त्रीको निर्देशन
काठमाडौँ । नेपाल ओलम्पिक कमिटी तदर्थ समितिका नवनियुक्त संयोजक ध्रुव बहादुर प्रधान नेतृत्वको टोलीले युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँग भेटवार्ता गरेको छ ।
तदर्थ समितिले बिहीबार औपचारिक रूपमा नेतृत्व सम्हालेको भन्दै पत्रकार सम्मेलन गरी आफ्ना भावी कार्य योजना सार्वजनिक गरेको थियो ।
भेटवार्तामा खेलकुदमन्त्री चौधरीले आगामी दिनमा मन्त्रालय र खेलकुद परिषद्सँग समन्वय र सहजीकरण गरेर नेपाल ओलम्पिक कमिटीले आफ्ना गतिविधि अघि बढाउन तदर्थ समितिलाई निर्देशन दिएका छन् ।
तदर्थ समितिका संयोजकसहित ९ सदस्यीय टोलीसँगको भेटवार्तामा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंक लाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका खेलकुद महाशाखाका प्रमुख सहसचिव रामचरित्र मेहताको समेत उपस्थिति रहेको थियो ।
भेटवार्तामा आगामी वर्ष जापानमा हुने एसियन खेलकुदमा नेपालको प्रतिनिधित्वलाई सुनिश्चित बनाउनका लागि अविलम्ब पहलकदमी लिने तथा नेपाल ओलम्पिक कमिटीका गतिविधिलाई कानुन बमोजिम सक्रिय बनाउन राष्ट्रिय खेलकुद परिषद् र मन्त्रालयले खेल्नुपर्ने भूमिका बारे छलफल भएको युवा तथा खेलकुद मन्त्रालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण