सशस्त्रको नम्बर–३ गढीमाई बाहिनीले मनायो आठौँ वार्षिकोत्सव
काठमाडौँ । सशस्त्र प्रहरी बलको नम्बर–३ गढीमाई बाहिनीले स्थापनाको आठौँ वार्षिकोत्सव मनाएको छ ।
शुक्रबार चितवनमा आयोजित वार्षिकोत्सव समारोहमा सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले सीमित श्रोत साधनका बाबजुद कार्यक्षेत्रमा ‘म होइन हामी भन्ने मान्यता’ राखेर काम गर्नुपर्ने बताए ।
उनले भने, ‘सदैव राम्रो गर्छु भन्ने भावनाकासाथ नागरिकप्रति सधैँ समर्पित भई कार्य गर्न सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देश गर्दछु ।’ शुक्रवार आयोजित समारोहमा महानिरीक्षक अर्यालले वर्ष भरी उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी, बाहिनीलाई सहयोग गर्ने सङ्घसंस्था र व्यक्तिहरूलाई सम्मान गरेका छन् ।
विपद् उद्धारको कार्यमा बाहिनी तथा मातहत कार्यालयहरूले पुर्याएको योगदान सराहनीय रहेको महानिरीक्षक अर्यालले बताए ।उनले भने, ‘सशस्त्रले सामुदायिक स्वयंसेवक तालिम दिँदै डिजास्टर भोलेन्टीयरहरु तयार गर्दै आइरहेको छ, यसले विपद् उद्धारमा थप प्रभावकारिता ल्याउने विश्वास मैले लिएको छु ।’
नम्बर– ३ गढीमाई बाहिनी मुख्यालयका बाहिनीपति डिआइजी अञ्जनी कुमार पोखरेलले जनताको सेवा, सुरक्षा, र उद्धारमा सशस्त्रका प्रहरी कर्मचारीहरूले व्यावसायिक ढङ्गबाट परिचालित भएर काम गरेको बताए ।
वार्षिकोत्सव समारोहमा मकवानपुरका प्रजिअ स्किम श्रेष्ठ, चितवनको कालिका नगरपालिका प्रमुख विनोद रेग्मी, र हेटौडा उप–महानगरपालिका प्रमुख मिना कुमारी लामा सहभागी थिए ।
त्यस्तै नेपाली सेना मध्य पृतना हेडक्वाटरका सुपारेटारका पृतनापति उपरथी हरेन्द्र पाठक, अवकाशप्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक ऋषवदेव भट्टराई र सुरक्षा निकायका जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण