एक सातामै डेंगुका २११ नयाँ बिरामी
काठमाडौँ । मनसुन सुरु भएसँगै डेंगुको प्रकोप तीव्र गतिमा फैलिरहेको छ । गएको एक सातामा २११ नयाँ डेंगुका बिरामी थपिएका छन् ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म ३ हजार २४७ जना सङ्क्रमित भएका भएका छन् । २ जनाको मृत्यु भएको छ । देशका ७७ जिल्लामध्ये ७४ जिल्लामा डेंगुका बिरामी भेटिएका छन् ।
जुन महिनामा ४९५ जनामा सङ्क्रमण देखिएकोमा जुलाईमा बढेर ८०६ पुगेको थियो भने अगस्ट महिनाको पहिलो २१ दिनमा नै ६१९ नयाँ बिरामी थपिएका छन् ।
गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित देखिएको छ । जहाँ कुल ९१४ जना सङ्क्रमित भएका छन् । बागमती प्रदेशमा ६७५ तथा कोशी प्रदेशमा ५६८ जना सङ्क्रमित छन् ।
पछिल्लो एक हप्तामा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा ६६ सङ्क्रमित देखिएका छन् । बागमतीमा ४१ र कोशी प्रदेशमा ३२ जनामा सङ्क्रमण देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण