बोको हराम समूहका नेताको ‘मृत्यु नभएको’ दाबी
सारांश
- बोको हरामका नेता बकुराको मृत्यु भएको नाइजेरियाली सेनाको दाबीलाई खण्डन गर्दै उनी जीवितै रहेको बताइएको छ।
- नाइजेरियामा सन् २००९ देखि बोको हरामको हिंसात्मक विद्रोह जारी छ, जसमा हजारौं मानिसको मृत्यु भएको छ।
- नाइजर सेनाले बकुराको मृत्यु भएको दाबी गरेपनि, उनको सहयोगीले यसलाई 'प्रोपोगान्डा' भनेका छन्।
अबिजान । नाइजेरियाको लेक चाड क्षेत्रमा सक्रिय जिहादी समूह बोको हरामका प्रमुखका एक निकट सहयोगीले शुक्रबार नाइजरी सेनाले लेक चाडको बेसिनमा भएको हवाई आक्रमणमा आफू मारिएको भन्ने दाबीको खण्डन गरेका छन्।
यो लडाकू समूहले सन् २००९ देखि उत्तरपूर्वी नाइजेरियामा इस्लामिक खलिफा स्थापनाका लागि रक्तपातपूर्ण विद्रोह गरिरहेको छ । विद्रोहका कारण करिब ४० हजार मानिसको मृत्यु भएको छ भने २० लाखभन्दा बढी मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् ।
नाइजरले गत साता दक्षिणपूर्वी नाइजरको डिफा क्षेत्रको एक टापुमा गरिएको ‘सर्जिकल अपरेसन’का क्रममा बोको हरामका नेता बकुराको मृत्यु भएको जनाएको थियो ।
लेक चाडको सुरक्षा स्रोतले एएफपीलाई पठाएको अडियो सन्देशमा बकुराका एक सहयोगीले नेताको मृत्युको खबरलाई ‘पूर्णतया गलत’ भनेका छन्।
“म अहिले उहाँसँग छु, हामी सँगै छौँ” ती नेताले यस क्षेत्रमा बोलिने हौसा भाषामा नाइजर सेनाको घोषणालाई ‘प्रोपोगान्डा’ को संज्ञा दिए ।
एएफपीले सम्पर्क गरेका केही व्यक्तिहरूले पनि अपुष्ट दाबीमाथि शङ्का व्यक्त गरेका छन्।
नाइजरमा सन् २०२३ देखि सैन्य जुन्ताको शासन छ । सेनाले ‘कू’ गरेर सत्ता कब्जा गरेको थियो तर जिहादी हिंसा रोक्न सङ्घर्ष गरिरहेको छ ।
पूर्वमा बोको हरामको बाहुल्यता रहेको साहेल राष्ट्रले पश्चिममा माली र बुर्किना फासोको सिमानामा अलकायदा वा इस्लामिक स्टेट समूहसँग सम्बन्धित लडाकुहरूको विद्रोहको सामना गरिरहेको छ।
बोको हरामका पूर्व नेता अबुबकर शेकाउप्रति वफादार रहेको समूहको नेताका रुपमा बकुरा नेतृत्वमा उदाएका छन् जसले विचार धारात्मक मतभेदका कारण प्रतिद्वन्द्वी समूह इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स (आइएसडब्लुएपी) मा सामेल हुन इन्कार गरेका थिए ।
विद्रोहपछि बकुरा आफ्ना लडाकुहरूसँगै नाइजरतर्फका टापुहरूमा गएका थिए।
नाइजरको सेनाले आफ्नो वक्तव्यमा बकुरालाई अगस्ट १५ को बिहानै लडाकु विमानले निशाना बनाएको बताएको थियो तर कुनै प्रमाण भने दिएको थिएन । एएफपीले उनको मृत्युको खबरको स्वतन्त्र रूपमा पुष्टि गर्ने प्रयास सफल हुन सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण