साताभर सुनचाँदीको मूल्यमा उतारचढाव, सुन तोलामा एक हजार रुपैयाँ घट्यो
सारांश
- यस साता नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव देखा परेको छ।
- साताको अन्त्यसम्ममा सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।
- अघिल्लो शुक्रबारको तुलनामा छापावाल सुन प्रतितोला १ हजार र चाँदी ५ रुपैयाँले घटेको छ।
काठमाडौँ । नेपाली बजारमा यो साता सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । साताको सुरुवात र अन्त्यको मूल्य तुलना गर्दा सुन र चाँदी दुवैको भाउमा सामान्य गिरावट आएको छ । अघिल्लो शुक्रबारको तुलनामा यो शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको छ ।
अघिल्लो शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँ र चाँदी २ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।
साताको पहिलो दिन आइतबार बजारमा सामान्य गिरावट देखियो । सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ९५ हजार ५ सय रुपैयाँमा झर्यो भने चाँदी पनि ५ रुपैयाँले घटेर २ हजार ३१० रुपैयाँमा कारोबार भयो ।
आइतबार घटेको बजार सोमबार पुनः उकालो लाग्यो । सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख ९६ हजार ३ सय रुपैयाँ पुग्यो, जुन यो साताको सबैभन्दा उच्च मूल्य हो । चाँदी पनि ५ रुपैयाँले बढेर २ हजार ३१५ रुपैयाँमा पुग्यो।
मंगलबारः बजारमा फेरि गिरावट आयो। सुनको मूल्य एकैदिन १ हजार २ सय रुपैयाँले घटेर १ लाख ९५ हजार १ सय रुपैयाँमा झर्यो। चाँदी पनि १५ रुपैयाँले सस्तिएर २ हजार ३ सय रुपैयाँमा कारोबार भयो।
बुधबार यो साताकै सबैभन्दा ठूलो गिरावट देखियो। सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेर १ लाख ९३ हजार ५ सय रुपैयाँमा आइपुग्यो, जुन यो साताको सबैभन्दा कम मूल्य हो । चाँदीको मूल्यमा पनि ४५ रुपैयाँको भारी गिरावट आएर २ हजार २५५ रुपैयाँमा झर्यो ।
बिहीबार सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेर १ लाख ९४ हजार ८ सय रुपैयाँ पुग्यो । चाँदी पनि ३५ रुपैयाँले बढेर २ हजार २९० रुपैयाँमा कारोबार भयो ।
साताको अन्तिम दिन शुक्रबार पनि मूल्य बढ्ने क्रम जारी रह्यो । सुनमा ४ सय रुपैयाँले बढेर १ लाख ९५ हजार २ सय रुपैयाँ कायम भयो । यस्तै, चाँदी पनि २० रुपैयाँले बढेर २ हजार ३१० रुपैयाँ पुगेको छ । तर एक साताको अवधिमा भने मूल्य घटेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण