सीडेनको नेतृत्वका लागि झा र केसी प्यानलसहित मैदानमा
सारांश
- नेपाली कांग्रेसको शुभेच्छुक संस्था 'सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स' को आठौँ कार्यसमितिका लागि दुई पक्षबीच प्रतिस्पर्धा हुने भएको छ।
- शेरबहादुर देउवा पक्षबाट रवि भूषण झाको नेतृत्वमा र अर्को समूहबाट धनेन्द्र केसीको नेतृत्वमा प्यानल बनेको छ।
- नयाँ कार्यसमितिका लागि निर्वाचन भदौ १४ गते हुने र सिडेनको महाधिवेशनमा ६ हजार ५०० प्रतिनिधि सहभागी हुनेछन्।
काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था ‘सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स’ (सीडेन) को आठौँ कार्यसमितिका लागि दुई पक्षबिच प्यानलगत प्रतिस्पर्धा हुने भएको छ।
सभापति शेरबहादुर देउवा पक्षबाट रवि भूषण झाको नेतृत्वमा प्यानल बनाइएको छ। झाको प्यानललाई नेता प्रकाशमान सिंह लगायत संस्थापन पक्षको समर्थन रहेको छ। सिंह निकटका सुदर्शन शर्मा झाको प्यानलबाट महासचिवको उम्मेदवार बनेका छन्।
रवि भूषण झाको प्यानलबाट उपाध्यक्षमा मदन पुरी, उप महासचिवमा खगेन्द्र अवस्थी र कोषाध्यक्षमा सुजित कोइराला उम्मेदवार बनेका छन्।
यसैगरी अर्को समूहबाट अध्यक्षका उम्मेदवार धनेन्द्र केसी रहेका छन्। उनलाई नेता प्रदीप पौडेल लगायतको साथ रहेको बताइएको छ ।
केसीको प्यानलबाट उपाध्यक्षमा सागर शमशेर शाही, उप महासचिवमा सन्तोष नेपाल र कोषाध्यक्षमा रश्मिता बञ्जारा उम्मेदवार बनेका छन्। केसी प्यानलको महासचिवका उम्मेदवार भूपेन्द्र श्रेष्ठ रहेका छन्।
नयाँ कार्यसमितिका लागि निर्वाचन आगामी भदौ १४ गते हुने तय भएको छ। सिडेनको महाधिवेशनका प्रतिनिधि ६ हजार ५०० रहेका छन्। सातै प्रदेशबाट मतदान गर्ने व्यवस्था गरिएको छ भने १३ स्थानबाट मतदान हुने भएको छ।
संस्थापन पक्षबाट अध्यक्षका उम्मेदवार बनेकाझा नेपाल इन्जिनियर्स एशोसिएसनका निवर्तमान महासचिव हुन्। यसैगरी केसी सिडेनका पूर्व उपमहासचिव हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण