टाइमलाइन, नेरिक र एन्जल लर्ड विजयी
सारांश
- दोस्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार टाइमलाइन, नेरिक एकेडेमी र एन्जल लर्ड विजयी भए।
- सिनियर गर्ल्समा टाइमलाइनले क्रिस्टियनलाई १४-१० ले पराजित गर्यो, जसमा सुप्रिता वाइबाले १२ स्कोर गरिन्।
- नेरिक र एन्जल लर्डले पनि सिनियर ब्वाइजमा जित हासिल गरे, जसमा सविन राणा र शिभम् नायकको उत्कृष्ट प्रदर्शन रह्यो।
काठमाडौँ । आयोजक टाइमलाइन स्कुल, नेरिक एकेडेमी र एन्जल लर्डले दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार विजयी भएका छन् । टाइमलाइन सिनियर गर्ल्स तथा नेरिक र एन्जल लर्ड सिनियर गर्ल्समा जित हात पार्न सफल भए ।
सिनियर गर्ल्समा टाइमलाइनले क्रिस्टियनलाई १४–१० ले पराजित गर्यो । टाइमलाइनकी सुप्रिता वाइबाले १२ स्कोर गरिन् ।
सिनियर ब्वाइजमा नेरिकले आकाशदीपलाई ५८–३३ ले हरायो । नेरिकको जितमा सविन राणाले १६ अङ्क योगदान गरे । शिभम् नायकको २४ अङ्क सहयोगमा एन्जल लर्डले पर्ल्स एकेडेमीलाई ५१–१४ ले पन्छायो ।
गोकर्णेश्वर नगरपालिका ५, नयाँ बस्तीमा भइरहेको प्रतियोगिताको सिनियर ब्वाइजमै प्रारम्भ एकेडेमीले यङ हार्ट्लाई २५–२१ तथा अक्षर एकेडेमीले रिलायन्स को–एडलाई २७–१८ ले पाखा लगाए । प्रारम्भका निश्चल सुनारले ७ तथा अक्षरका सुरज शाहले १५ स्कोर गरे ।
सिनियर गर्ल्समा बागमती बोर्डिङ स्कुलले वेब स्कुललाई २४–७, विट्स एकेडेमीले आकाशदीपलाई १५–२ र काठमाडौँ जेभियर्स पब्लिक स्कुलले गोकर्णेश्वरलाई २०–६ ले पन्छाए । बागमतीकी स्मृति पोखरेलले ८, विट्सकी जिना लामाले १२ र काठमाडौँ जेभियर्सकी सुहानी बानियाँले ८ अङ्क जोडे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण