प्रचण्डलाई जनार्दनले भने, ‘शेषनागले काँध फेर्दैमा पृथ्वी हल्लिँदैन’
सारांश
- माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले प्रचण्डबारे टिप्पणी गर्दै शेषनागको दन्त्यकथाको कुरा गरे।
- शर्माले कानुन चोरी हुने संसदमा किन आएँ जस्तो लाग्छ भन्दै आत्मग्लानी भएको बताए।
- उनले देशको अर्थतन्त्रबारे १५ दिनसम्म बहस गर्नुपर्ने आवश्यकता औंल्याए।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति लक्षित गर्दै शेषनागले पृथ्वी बोक्ने कुरा दन्ते कथा भइसकेको टिप्पणी गरेका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले शेषनागले पृथ्वी कहीँ पनि नबोकेको जिकिर गरेका हुन् ।
उनले भने, ‘शेषनागले कहीँ पृथ्वी बोकेको पनि छैन । शेषनागले पृथ्वी बोकेको पनि हुँदैन । त्यो त दन्ते कथा हो । शेषनागले पृथ्वी बोकेको छ, त्यसले यसो हल्लाइदियो भने भूकम्प आउँछ भन्ने त दन्त्यकथा हो । आज त विज्ञानले अर्कै पुष्टि गरिसक्यो । त्यस कारणले यो पृथ्वी चल्छ, केही ढल्दैन ।’
शर्माले कानुन चोरी हुने संसद्मा किन आइएछ भनेर आत्मग्लानि हुने गरेको टिप्पणी गरे । उनले आन्तरिक कालदेखि निरन्तर संसद्मा रहेको बताउँदै पछिल्लो समय किन संसद्मा आइएछ भनेर आत्मग्लानि हुने गरेको बताए ।
उनले भने, ‘संविधानमा उपलब्ध प्रगति त गर्यौँ तर पण्डितको पुस्तकको माछा र खोलाको माछा भन्ने आउँछ । संविधानको उपभोग बनाउन जनताले पाउनुपर्छ । उपभोग गर्न जनताले पाउने अवस्था सिर्जना गर्न हामी चुक्यौँ । यो मैले गरेको प्रश्न म आफैँलाई हो । तर मैले आफैँलाई गरेको प्रश्नले अरू तर्सिन्छन् र पो गाह्रो छ । प्रश्न आफैँलाई गरेको हो । किनभने त्यस ठाउँमा त हामी नै छौँ । संविधानका धाराहरूले पानामा लेखेका कुराहरू नै उपयोग गर्नेतिर किन जान सकेनौँ । म त अन्तरिम कालदेखि संसद्मा निरन्तर छु । पछिल्लो समय आउँदा त कानुन त चोरी हुने संसद्मा के बेकार आइएछ जस्तो लाग्छ आजभोलि । कानुन नै चोरी हुन्छ । अलि दिक्क लागेर होला । अलि पुरानो भएर पनि होला ।’
उपमहासचिव शर्माले देशको अर्थतन्त्रबारे १५ दिनसम्म लगातार बहस गर्न जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण