श्रीलङ्का : सत्तामा पुनरागमन हुने डरले पूर्वराष्ट्रपतिलाई सरकारले जेलमा हालेको आरोप
सारांश
- विपक्षी दलहरूले पूर्वराष्ट्रपतिलाई सत्तामा पुनरागमन हुने डरले सरकारले जेल हालेको आरोप लगाएका छन्।
- पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेलाई राज्यकोषको दुरुपयोग गरेको आरोपमा शुक्रबार हिरासतमा लिइएको छ।
- विक्रमासिङ्घेमाथि बेलायतको निजी भ्रमणका लागि सरकारी कोषको प्रयोग गरेको आरोप लागेको छ।
श्रीलङ्का । श्रीलङ्काका पूर्वराष्ट्रपतिलाई सत्तामा पुनरागमन हुने डरले सरकारले जेलमा हालेको विपक्षी दलहरूले आरोप लगाएका छन्।
गत सेप्टेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा अनुरा कुमारा दिसानायकेसँग पराजित भएका ७६ वर्षीय पूर्वनेता रनिल विक्रमासिङ्घेलाई विदेश भ्रमणका लागि राज्यकोषको दुरुपयोग गरेको आरोपमा शुक्रबार हिरासतमा लिइएको छ।
सन् २०२२ मा देशको इतिहासमा सबैभन्दा खराब आर्थिक मन्दीबाट गुज्रिरहेको श्रीलङ्कामा व्याप्त भ्रष्टाचारविरुद्ध लड्ने वाचाका साथ दिसानायके सत्तामा आएदेखि नै भ्रष्टाचार विरोधी एकाइहरूले अनुसन्धानलाई तीव्रता दिएका छन्।
कोलम्बोको न्यू म्यागजिन जेलमा विक्रमसिङ्घलाई भेट गरेका प्रमुख विपक्षी सामगी जना बलवेगया (एसजेबी) पार्टीका सांसद नलिन बन्दाराले त्तामा पुनरागमन हुने डरले पूर्वराष्ट्रपतिलाई सरकारले जेलमा हालेको आरोप लगाए ।
२२५ सदस्यीय संसद्मा दुई सिट रहेको विक्रमासिङ्घेको आफ्नै युनाइटेड नेसनल पार्टी (युएनपी) ले पूर्व राष्ट्रपतिबाट सरकारलाई खतरा महसुस भएपछि सरकारले उनलाई फसाउन खोजेको आरोप लगाएको छ ।
यूएनपी महासचिव थलाथा अथुकोरालाले कोलम्बोमा पत्रकारहरूसँग भने, “उनीहरूलाई उहाँ फेरि सत्तामा फर्कन सक्नुहुन्छ भन्ने डर छ।”
विक्रमासिङ्घेमाथि सन् २०२३ को सेप्टेम्बरमा हवानामा भएको जी–७७ शिखर सम्मेलन र न्युयोर्कमा भएको संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर फर्कने क्रममा बेलायतको निजी भ्रमणका लागि सरकारी कोषको प्रयोग गरेको आरोप लागेको छ ।
श्रीलङ्काको कानुन अनुसार यस्तो कसुरमा बढीमा २० वर्ष कैद र रकमको मूल्यभन्दा तीन गुणा बढी जरिवाना हुने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण