एसियाली शारीरिक सुगठनमा उर्मिलालाई कांस्य
शनिबार, ०७ भदौ २०८२, १९ : ५०
सारांश
- उर्मिला श्रेष्ठले थाइल्यान्डमा भएको एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा कांस्य पदक जितिन्।
- एथलेटिक्स फिजिक्सको ३५ वर्षमाथिको उमेर समूहमा उनले कांस्य पदक प्राप्त गरिन्।
- उर्मिला एथलेटिक्स फिजिक्सको ओपन क्याटेगोरीमा भने चौथो स्थानमा रहिन्।
काठमाडौँ । नेपालकी उर्मिला श्रेष्ठले थाइल्यान्डको बैंककमा जारी ५७ औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपअन्तर्गत एथलेटिक्स फिजिक्सको ३५ वर्षमाथि उमेरसमूहमा कांस्य पदक जितेकी छन् ।
८ खेलाडी सहभागी उक्त स्पर्धामा थाइल्यान्डकी सिरिन्थिप इन्सीले स्वर्ण तथा लाओसकी सोमानिन फानोसिथले रजत जिते ।
उर्मिला एथलेटिक्स फिजिक्सकै ओपन क्याटेगोरीमा भने चौथो भएको अफिसियल दिनेश राजभण्डारीले जनाएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण