कोशी राजमार्गको हुङ्गुङ खण्डमा पहिरो जाँदा तीन दिनदेखि आवागमन अवरुद्ध
खाँदबारी । कोशी राजमार्गअन्तर्गत भोटखोलाको हुङ्गुङ खण्डमा गएको पहिरोका कारण तीन दिनदेखि सडक अवरुद्ध भएको छ । संखुवासभाको खाँदबारीबाट किमाथांका नाकासम्म जोड्ने करिब ११५ किलोमिटर दूरीमा पर्ने उक्त खण्ड बिहीबार गएको पहिरोले पूर्ण रूपमा ठप्प बनेको हो ।
उत्तर-दक्षिण कोशी सडक आयोजनाका प्रमुख रामबहादुर गुरुङका अनुसार करिब ३०० मिटर सडक क्षेत्रमा भिरसहित ढुङ्गा, माटो र झाँडी मिसिएको ठुलो पहिरो खसेको छ । 'सडक निर्माणाधीन भएकाले पहिरो पन्छाउन उपकरण प्रयोग गर्न सक्ने अवस्था छैन । भिरालो भू-भाग हुनुका साथै लगातारको वर्षाले पहिरो पन्छाउने काम चुनौतीपूर्ण भएको छ,' उनले भने ।
सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामान, इन्धन, निर्माण सामग्रीलगायत वस्तुको ढुवानी प्रभावित भएको छ । तीन दिनदेखि राजमार्ग ठप्प हुँदा यात्रु समस्यामा परेका छन् ।
गुरुङले वर्षायाममा यस क्षेत्रमा हरेक वर्ष पहिरो जाने गरे पनि यसपटकको पहिरो ठुलो र जोखिमपूर्ण भएकाले सडक कहिलेदेखि सञ्चालन हुने यकिन भन्न नसकिने बताए । प्राविधिक टोलीले पहिरो पन्छाउने प्रयास जारी राखेका बताउँदै उनले तत्काल राजमार्ग सञ्चालन हुने सम्भावना भने नदेखिएको पनि जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा
-
हत्या आरोपमा एकै घरका तीन जना पक्राउ
-
१०८ धाराले थप आकर्षक बन्दै रामधुनी मन्दिर
-
दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
-
१६ वर्ष लामो खडेरी समाप्त: २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन
-
कीर्तिपुरको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टर जलमग्न, सुकुमबासीहरू समस्यामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण