मिक्लाजुङ अस्पताललाई व्यवस्थित बनाउन सरकारले आवश्यक सहयोग गर्छ: स्वास्थ्यमन्त्री पौडेल
सारांश
- स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मिक्लाजुङ अस्पताललाई व्यवस्थित बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाए।
- मन्त्रीले मिक्लाजुङ अस्पतालमा व्यवस्थित प्रयोगशाला बनाइने घोषणा गरे, जसका लागि डब्लुएचओसँग सम्झौता भएको छ।
- गाउँपालिका अध्यक्षले अस्पतालमा दन्त उपचार सेवा सुरु हुने जानकारी दिए, र बालमैत्री अस्पताल भवन निर्माण गरिएको छ।
मोरङ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले यहाँको मिक्लाजुङ गाउँपालिकास्थित मिक्लाजुङ अस्पताललाई व्यवस्थित बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार यहाँ बालमैत्री अस्पताल भवनको उद्घाटन गर्दै उनले सहज सेवा प्रवाहका लागि चाँडै व्यवस्थित परीक्षण प्रयोगशाला बनाउन आवश्यक उपकरण र अन्य सुविधा उपलब्ध गराउने बताएका हुन् ।
मन्त्री पौडेलले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) सँग देशका विभिन्न एक सय स्थानमा प्रयोगशाला बनाउने सम्झौता भएको र त्यसमध्ये मिक्लाजुङ अस्पतालमा पनि व्यवस्थित प्रयोशाला बनाइने घोषणा गरे । उनले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार सरकारको प्राथमिकता रहेको बताए ।
गाउँपालिका अध्यक्ष बबिकुमार राईले अस्पतालमा दन्त उपचार सेवा शीघ्र सुरु हुने जानकारी दिए। उपाध्यक्ष दिनेश पौडेलले स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेर निरन्तर काम भइरहेको बताए ।
कार्यक्रममा अस्पतालका लागि जग्गा प्रदान गर्ने दाताहरूलाई सम्मान गरिएको थियो । सङ्घीय सरकार र गाउँपालिकाको संयुक्त लगानीमा करिब रु एक करोड ९८ लाख ६१ हजार २८३ को लागतमा यहाँ बालमैत्री अस्पताल भवन निर्माण गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण