बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

चीन र भारतबिच लिपुलेक व्यापार सम्झौताप्रति सात कम्युनिस्ट घटकको आपत्ति

आइतबार, ०८ भदौ २०८२, १० : ४७
आइतबार, ०८ भदौ २०८२

सारांश

  • विभिन्न कम्युनिस्ट घटकहरूले लिपुलेक मार्ग भएर व्यापार सञ्चालन गर्ने चीन र भारतको सम्झौताको विरोध गरेका छन्।
  • उनीहरूले कालापानी र लिपुलेक नेपालको अभिन्न अंग भएको भन्दै भारतीय हस्तक्षेपको विरोध गरेका हुन्।
  • घटकहरूले प्रधानमन्त्रीको चीन र भारत भ्रमण रोक्न र अतिक्रमित भूमि फिर्ता गर्न माग गरेका छन्।

काठमाडौँ । विभिन्न कम्युनिस्ट घटकहरूले भदौ ३ गते चीन र भारत सरकारबिच लिपुलेक मार्ग भएर व्यापार सञ्चालन गर्ने सम्झौताको विरोध गरेका छन् । 

ऐतिहासिक तथ्य, अन्तर्राष्ट्रिय नक्साका आधारमा कालापानी र लिपुलेक नेपालको अभिन्न अंग भएको भन्दै सात कम्युनिस्ट घटकले भारतीय हस्तक्षेपको विरोध गरेका हुन् । 

‘ऐतिहासिक तथ्य अन्तर्राष्ट्रिय नक्साका आधारमा यो खुल्ला र स्पष्ट छ कि कालापानी र लिपुलेक नेपालका अविभाज्य अङ्गहरु हुन । तर त्यसमाथि भारतीय पक्षले निरन्तर हस्तक्षेप र अतिक्रमण जारी राखेको छ । त्यसप्रति हाम्रो तर्फबाट गहिरो असहमति र विरोध रहँदै आएको छ । यसैबीच चीन र भारतबिच त्यस किसिमको सहमति हुनु हाम्रो राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र अखण्डता माथिको रणनीतिक हस्तक्षेप, निषेध र चोटपूर्ण कदम हो’, ती घटकले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

त्यसप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यान आकृष्ट गर्दै उनीहरूले प्रधानमन्त्री केपि शर्मा ओलीको आसन्न चीन र भारत भ्रमण स्थगन गरी नेपालको स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको दृढ रक्षा गर्न र अतिक्रमित भूमि अविलम्ब फिर्ता गर्न कदम चाल्न विशेष खबरदारी गरेका छन् ।
537281849_732510976218396_3678611968464672134_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप