एपस्टाइन मुद्दामा कसले मुछ्यो दिवङ्गत राजकुमारी डायनालाई ?
सारांश
- अमेरिकी न्याय मन्त्रालयले जेफ्री एपस्टाइन मुद्दाको टेप जारी गरेको छ, जसमा घिसलेन म्याक्सवेलको बयान छ।
- म्याक्सवेलले एपस्टाइन र राजकुमारी डायनाको भेटघाटको व्यवस्था रोजा मोन्कटनले मिलाएको दाबी गरिन्।
- म्याक्सवेलले एपस्टाइन र डायनाबीच सन् २००० तिर भेटघाट भएको र आफूले शाही परिवारसँग परिचय नगराएको बताइन्।
न्यूयोर्क । अमेरिकी न्याय मन्त्रालयले शुक्रबार जेफ्री एपस्टाइन मुद्दामा केही टेपहरू जारी गरेको छ । यी टेपहरूमा जेफ्री एपस्टाइनका सहयोगी घिसलेन म्याक्सवेलका बयान छन् ।
एउटा बयानमा म्याक्सवेलले एपस्टाइनले बेलायतकी दिवङ्गत राजकुमारी डायनालाई भेटेको सङ्केत पनि गरेकी छिन् । म्याक्सवेलले दुईको भेट निश्चित भएको दाबी गरेका छिन् ।
एपस्टाइनमाथि यौन बेचबिखन र यौन दुव्र्यवहारको गम्भीर आरोप छ । म्याक्सवेल एपस्टाइनकी सहयोगी थिइन र यौन बेचबिखनमा सहयोग गरेको आरोपमा उनलाई २० वर्षको जेल सजाय सुनाइएको छ । उनी हाल जेलमा छिन । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट माफी मागिरहेकी छिन् ।
गत महिना, डेपुटी अटर्नी जनरल टोड ब्लान्चले म्याक्सवेललाई सोधपुछ गरेका थिए । यस सोधपुछको क्रममा म्याक्सवेलले एपस्टाइनलाई भेट्नुअघि आफू लन्डनमा बस्ने गरेको अनि त्यहाँका केही उच्च पदस्थ व्यक्तिहरूसँग परिचित भएको बताइन् । यसमा राजकुमारी डायनाकी सबैभन्दा मिल्ने साथी रोजा मोन्कटन पनि थिइन् । रोजाका पति डोमिनिक लसन एक प्रसिद्ध पत्रकार थिए ।
राजकुमारी डायना र एपस्टाइनबीच लन्डनमा भेटघाटको चाँजोपाँजो मिलाइएको थियो । रोजाले एक पटक लन्डनमा एउटा ठुलो कार्यक्रम आयोजना गरेकी थिइन्, जसमा जेफ्री एपस्टाइन पनि सहभागी भएको म्याक्सवेलले बताइन् ।
‘मलाई थाहा छैन कि उनी डायनासँग बसेका थिए वा डायनालाई भेटेका थिए । उनले उनलाई पहिले पनि भेटेका थिए । मलाई थाहा छैन, तर मलाई लाग्छ कि रोजाले दुई जनाको भेटघाटको व्यवस्था गरिन्’ म्याक्सवेलले भनिन् ।
आफूले डायनाको बारेमा नराम्रो बोल्न नचाहेको पनि उनले बताइन् । यसपछि, म्याक्सवेलले बोल्न बन्द गरिन् । यसबारे थप कुरा गरिनन् ।
एपस्टाइन र डायना सन २००० को आसपास भेटेको म्याक्सवेल भन्छिन् । रोचक कुरा के छ भने १९९७ को अगस्ट ३१ मा पेरिसमा कार दुर्घटनामा डायनाको मृत्यु भएको थियो ।
उनैले एपस्टाइनलाई शाही परिवारसँग परिचय गराएको कुरा भने म्याक्सवेलले अस्वीकार गरिन् । ‘ट्रम्प र एपस्टाइनबिच डायनासँग पहिले को सुत्ने भन्ने प्रतिस्पर्धा थियो । अब, मलाई लाग्दैन कि यो कहिल्यै भएको थियो’ लेखक तथा पत्रकार माइकल वोल्फले आफ्नो पुस्तकमा लेखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण