नेपालको वस्तुस्थिति बारे रिपोर्टिङ गर्न राजदूत श्रीवास्तव दिल्लीमा
काठमाडौँ । लिपुलेकलगायतका विषयमा पछिल्लो समयमा नेपालमा देखिएको राजनीतिक तथा कूटनीतिक हलचलका बारेमा जानकारी दिन नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव नयाँ दिल्ली पुगेका छन् । उनी शनिबार त्यहाँ पुगेका हुन् ।
गत भदौ ३ गते भारतको नयाँ दिल्लीमा चीन र भारतबिच नेपालको लिपुलेक हुँदै व्यापार गर्ने सहमति भएपछि नेपालभित्र व्यापक विरोध चर्किएको छ । विद्यार्थी संगठनहरूले लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शनसमेत गरेका थिए ।
त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी भ्रमणको बारे पनि दिल्लीमा छलफल हुने स्रोतको भनाई छ । प्रधानमन्त्री ओली भदौ १४ गते चीन भ्रमणमा जाने र त्यसपछि भदौ ३१ गते भारत जाने तयारीमा छन् ।
चीनमा हुने शंघाई सहयोग संगठन (एससीओ) सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुने भएकाले ओली–मोदीबिच साइडलाइन वार्ता हुने सम्भावना रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
यता, राजदूत श्रीवास्तवको कार्यकाल अन्तिम चरणमा पुगेको छ । हालसम्म नेपालका लागि नयाँ भारतीय राजदूतबारे दिल्लीले औपचारिक निर्णय गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण