सङ्गत अनुसारको फल ः कस्ता मानिस सङ्गत गर्ने ?
मानिस एउटा सामाजिक प्राणी हो । समाजविना मानिसको घरपरिवार, उद्योग, व्यवसाय, विवाह, नाता–कुटुम्ब, शिक्षादीक्षा, स्वास्थ्य, गाँस–बास–कपास, रोजगारी, उन्नति, शक्ति–सम्बन्ध आदि निरन्तर चल्न सक्दैन । एउटै समाजमा रहने, खेल्ने, चल्ने र उद्योग तथा व्यवसाय गर्ने कसैको काम राम्रैसँग चलेको हुन्छ, दिन प्रतिदिन प्रगति भइरहेकै हुन्छ भने कसैको अवस्था नाजुक रहेको सुनिन्छ र देखिन्छ ।
यसको मुख्य कारण भनेकै उसको वा उनको सङ्गत कोसँग र कस्तो व्यक्तिसँग छ भन्ने कुराले ठुलो अर्थ राख्छ । राम्रो मानिससँग सङ्गत गरे राम्रै नतिजा आउने देखिन्छ भने खराब मानिससँग सङ्गत गरे जीवनमा दुःख पाइन्छ । भनिन्छ, गिद्धको सङ्गत गर्ने रछ्यानमा पुग्छ भने मौरीको सङ्गत गर्ने फुलैफूलको सुन्दर बगैँचामा । विचार बिउ हुन् र व्यवहार फल हो । जसरी सोचिन्छ र सङ्गत अनुसार कार्य गरिन्छ, त्यस्तै जीवन बन्छ ।
- कसको सङ्गत गर्ने ?
ज्ञानी र सकारात्मक सोच भएका व्यक्ति समाजका अमूल्य निधि हुन् । यस्ता व्यक्तिको सङ्गतले हामीलाई सिक्न, प्रेरित हुन र उन्नति गर्न मद्दत गर्छ । यिनीहरूले प्रायः धोका दिँदैनन् । हरपल सहयोगी र शुभेच्छा व्यक्त गर्छन्, जसले हामीलाई कार्य सफल गर्न सकारात्मक ऊर्जा मिल्छ ।
सदाचार र इमानदारिता मानव जीवनका महत्त्वपूर्ण चरित्र हुन् । यस्ता चरित्र भएका व्यक्तिको सङ्गतले हामीलाई पनि उक्त पथमा हिँड्न अभिप्रेरित गर्छ । उनीहरूको आचरणले हामीलाई पनि नैतिकता र जिम्मेवारी सिकाउँछ ।
हरेक मानिसका लागि काम गर्ने उत्साह धेरै महत्त्वपूर्ण ऊर्जा हो । यस्ता उत्साहित साथीले हामीलाई अझ राम्रो बन्न प्रोत्साहित गर्छन् र नकारात्मकतालाई टाढा राख्छन् ।
कुनै पनि काम सफल हुनका लागि लक्ष्य निर्धारण गर्नुपर्ने हुन्छ । सङ्गत गर्दा जोसँग लक्ष्य मिल्छ उसैसँग नजिक हुन सके आफ्नो कार्य सफल हुन्छ । हामीले उद्योग तथा व्यापार गर्न चाहन्छौँ भने व्यवसायीसँग र शिक्षा चाहिन्छ भने विद्वान्सँग सङ्गत गर्नुपर्छ ।
- कसको सङ्गत नगर्ने ?
हामीले नकारात्मक सोच भएका व्यक्तिसँग कहिल्यै पनि सङ्गत नगर्नु नै वेश हुन्छ, जसले हतोत्साहित गर्छन् र समस्यामा मात्र ध्यान दिन्छन्, जसले समाधानका उपाय दिँदैनन् भने कसरी हाम्रो तरक्की हुन सक्छ ? खराब सङ्गत कोइलाजस्तै हुन्छ । तातो भए हात पोल्छ भने चिसो भए हात कालो हुन्छ ।
यस्तै अनैतिक कार्यहरू समाजका मूल्य–मान्यता भन्दा बाहिरका खराब कुरा हुन्, जो हाम्रा लागि घातक हुन सक्छ । यस्तो सङ्गतले दीर्घकालमा नराम्रो परिणाम दिन सक्छ । जस्तै ः कुलत, ठगी, चोरी, यौनधन्दा आदि अनैतिक कार्य हुन् ।
अल्छी र उद्देश्यहीन मानिसले समाजमा प्रगति गर्न सक्दैनन् । कुनै पनि कार्य सफल हुनका लागि अटुट जोश, जाँगर र उद्देश्य स्पष्ट हुन जरुरी हुन्छ तर यस्ता अल्छी र उद्देश्यहीन मानिसको सङ्गतले हामीलाई पनि नकारात्मक प्रभाव पर्न सक्छ ।
- निष्कर्ष
हामी सबैलाई थाहा भएकै कुरा हो कि जस्तो सङ्गत गर्यो त्यस्तै फल प्राप्त हुन्छ । साधु, सन्त र विद्वान्को सङ्गत गरे ज्ञानी, दार्शनिक, उद्यमी र दक्ष तथा सफल व्यक्ति बन्न सकिन्छ । मूर्ख र अज्ञानीको सङ्गतले मानिसलाई जीवनमा असफल र सम्मानहीन व्यक्तिको श्रेणीमा पुर्याउँछ । त्यसैले मानव जीवनमा असल सङ्गतको ठुलो महत्त्व छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण