एक दिवसीय सिरिज : अन्तिम खेल अष्ट्रेलियाले जित्यो
सारांश
- अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई २७६ रनको फराकिलो अन्तरले हरायो ।
- अष्ट्रेलियाका तीन खेलाडीले शतक प्रहार गरे, जसमा ट्राभिष हेडले सर्वाधिक १४२ रन बनाए ।
- दक्षिण अफ्रिकाले ४३२ रनको लक्ष्य पछ्याउँदै १५५ रन मात्र बनायो र खेल हार्यो ।
काठमाडौँ । अष्ट्रेलियाले मास्केमा जारी एकदिवसीय सिरिजको अन्तिम खेलमा दक्षिण अफ्रिकालाई हराएको छ । आइतबार भएको खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई २७६ रनको फराकिलो अन्तरले हराएको हो ।
घरेलु मैदानमा अष्ट्रेलियाले जितका लागि दिएको ४३२ रनको लक्ष्य पछ्याउँदा दक्षिण अफ्रिकाले २४ ओभर ५ बलमा सम्पुर्ण विकेट गुमाउँदै मात्र १५५ रन बनायो । दक्षिण अफ्रिकाका लागि डेवाल्ड डेविसले सर्वाधिक ४९ रनको योगदान गरे । त्यस्तै टोनि डे जोर्जीले ३३ रन बनाउदा कप्तान बबुमाले १९ रनको योगदान गरे ।
अष्ट्रेलियाका लागि कूपर कोनोलीले सर्वाधिक पाँच विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा २ विकेट गुमाउँदै ४३१ रन बनाएको थियो । अष्ट्रेलियाका लागि ट्राभिष हेडले सर्वाधिक १४२ रनको शतकीय पारी खेले । उनले १०२ बल खेल्दै १७ चौका ५ छक्का प्रहार गरे ।
त्यस्तै मिचल मार्स १०० रनको शतकी पारी खेले । उनले १०६ बलमा ६ चौका र ५ छक्का प्रहार गरे । क्यामरोन ग्रिनले करियरकै पहिलो शतक प्रहार गरे । उनले ५५ बलमा ६ चौका र ८ छक्का प्रहार गरे । अष्ट्रेलियाका लागि आलेक्स केरीले ५० रनको अर्धशतकीय पारी खेले ।
दक्षिण अफ्रिकाका लागि केशव महाराज र मुथ्थुश्वामीले एक–एक विकेट लिए । तीन खेलको सिरिजमा यसअघिका दुई खेलमा दक्षिण अफ्रिकाले सहज जित निकालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण