कविता
एकताको उत्सव हो तिज
आइतबार, ०८ भदौ २०८२, १७ : ०७
कुमारीको भविष्यको कल्पनामा
पोखिन्छ तिज
सधवाको सिउँदोको सिन्दूरमा
रङ्गिन्छ तिज ।
गरिबको झुपडीको भोकमा
कल्पिन्छ तिज
महलको उत्तेजित रसपानमा
मात्तिन्छ तिज ।
तिज
रातो साडी र रातो टीकामा
रमाउँछ
संगिनीसँगको मिठो मुस्कानमा
हाँस्छ तिज ।
माइतीको आँगन सम्झँदा
आँखामा रसाउँछ तिज
तर परिवारको मिठो मायाले
मनलाई फकाउँछ पनि तिज ।
अस्ताउँदो घामझैँ तेर्सो
माया पोख्छ तिज
घरआँगन, गल्ली–टोलमा
राताम्यै देखिन्छ तिज ।
मादलको तालमा
छमछम नाच्छ तिज
दिदीबहिनीसँगका सम्झनाहरू
भावनामा बगिदिन्छ तिज ।
मात्र गीत र नृत्य होइन यो
सद्भावको पर्व हो तिज
खुसी, माया र संस्कारहरूमा
एकताको उत्सव हो तिज ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण