ज्योति मगरको ‘लठ्ठै पार्यो तन्नेरी’ले झुम्यो बाह्रबिसे
सारांश
- ज्योति मगरको गीतले सिन्धुपाल्चोकको बाह्रबिसे झुमायो, जहाँ महिलाहरू गीतमा झुमे।
- कार्यक्रममा सहभागी दर्शक र अतिथिहरूले पनि मगरको गीतमा कम्मर मर्काए।
- बाह्रबिसे नगरपालिकाले हरितालिका तिजको अवसरमा कार्यक्रम आयोजना गरेको थियो।
काठमाडौँ । गायिका ज्योति मगरको गीतले सिन्धुपाल्चोकको बाह्रबिसे झुमेको छ ।
आइतबार बाह्रबिसे नगरपालिकाले आयोजना गरेको ‘तिज विशेष’ सांस्कृतिक कार्यक्रममा मगरले ‘लठ्ठै पार्यो तन्नेरी मलाई हेरीहेरी’ गाउँदा बाह्रबिसेका महिला सोही गीतमा झुमेका छन् ।
करिब दुई साताअघि बजारमा आएको उक्त गीत गाउँदा कार्यक्रममा सहभागी सबैले नाचेर साथ दिएका थिए । कार्यक्रममा सहभागी दर्शक मात्रै होइनन्,, स्टेजमा अतिथि रहेकाहरूले पनि मगरको उक्त गीतमा कम्मर मर्काइ मर्काइ नाचेका थिए । मगरले उक्त गीत गाउँदा दर्शकले हुटिङ गरेर साथ दिएका थिए । पूर्वमन्त्रीसमेत रहेकी बागमती प्रदेशसभा सदस्य मसिना खड्काले पनि नाचेर साथ दिएकी थिइन् ।
बाह्रबिसेको खुर्सानीबारी फुटबल ग्राउण्डमा भएको उक्त कार्यक्रममा दर्शक भरिभराउ थिए ।
बाह्रबिसे नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रमको प्रमुख अतिथि पूर्वमन्त्रीसमेत रहेका कांग्रेस नेता मोहनबहादुर बस्नेत थिए । बाह्रबिसेका मेयर बालकृष्ण बस्नेतले हिन्दु महिलाहरूको महान पर्व हरितालिका तिजमा महिलाहरूको सम्मान स्वरूप कार्यक्रम आयोजना गरेको बताए ।
तिज कार्यक्रमका लागि आधा दर्जन कलाकारले प्रस्तुति दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण