प्रधान सेनापति थाइल्यान्ड जाँदै
काठमाडौँ । प्रधान सेनापति अशोक राज सिग्देल सोमबार थाइल्यान्ड जाने भएका छन्।थाइल्यान्डको हिउ हिनमा भाद्र १०–१२ गते आयोजना हुने सुरक्षासम्बन्धी सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
वि.सं.२०५६ सालदेखि हरेक वर्ष सञ्चालन हुँदै आएको उक्त सम्मेलनमा नेपाली सेनाले निरन्तर सहभागिता जनाउँदै आएको छ।
यस पटक पनि सहभागी राष्ट्रका सेनाप्रमुखहरूबिच अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, रणनीतिक सोच लगायतका समसामयिक विषयमा छलफल, अन्तरक्रिया र विचार आदानप्रदान हुनेछ।
नेपाली सेनाले सैनिक कूटनीति मार्फत आपसी सम्बन्ध विस्तार गर्दै नेपालको परराष्ट्र नीतिमा सकारात्मक योगदान पुग्ने अपेक्षा व्यक्त गरेको छ।
थाइल्यान्ड प्रस्थान गर्नु पूर्व प्रधान सेनापति सिग्देललाई आइतबार जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।
प्रधान सेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी निर्मल कुमार थापाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण