मितेरी सहकारी प्रकरण : सरकारी वकिलको बहस सकियो
सारांश
- मितेरी सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका ३ जना विरुद्धको थुनछेक बहस जारी छ।
- ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ, जसमा सरकारी वकिलको बहस सकिएको छ।
- ज्योति बहादुर भण्डारीसहित ८ जनालाई प्रतिवादी कायम गरेर मुद्दा दायर गरिएको र १७ करोड बिगो मागदाबी गरिएको छ।
काठमाडौँ । मितेरी सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका ३ जना विरुद्धको थुनछेक बहस जारी छ । सो प्रकरणमा बर्दियाको बाँसगढी नगरपालिका–७ घर भएका ज्योति बहादुर भण्डारी, सुरेश अधिकारी र धादिङका सुवास खत्री सीआईबीको थुनामा छन् ।
ललितपुर जिल्ला अदालतमा दायर गरिएको मुद्दामा आइतबार सरकारी वकिलको तर्फबाट बहस सकिएको छ ।जिल्ला सरकारी वकिल कार्यालय ललितपुरका सहायक जिल्ला न्यायाधिवक्ता बसन्त अर्याल सहित दुई जनाले आइतबार बहस गरे । मुद्दाको थुनछेक न्यायाधीश निर्मला योङयाको इजलासमा भइरहेको हो ।
प्रतिवादी तर्फका कानुन व्यवसायीको बहस र जवाफी बहस बाँकी रहेको जिल्ला सरकारी वकिल कार्यालय ललितपुरका जिल्ला न्यायाधिवक्ता जनक घिमिरेले बताए । उनले भने, ‘हाम्रो तर्फबाट सुरुवाती बहस पुरा भएको छ, प्रतिवादीको बहस सुनेर जवाफ दिन्छौँ ।’
ललितपुरमा कार्यालय रहेको मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङ, महाप्रबन्धक ज्योति गुरुङ र पक्राउ परेका ३ जना सहित ८ जनालाई प्रतिवादी कायम गरेर मुद्दा दायर गरिएको थियो । सहकारीको रकम अपचलनमा प्रहरीले ज्योति गुरुङ र भण्डारीसँग १७ करोड बिगो मागदाबी लिइएको छ ।
ज्योति बहादुर भण्डारीसँग ‘कनेक्सन’ देखिएका सुरेश अधिकारी र सुवास खत्रीलाई प्रहरीले राष्ट्र बैङ्क ऐन र हुण्डी सम्बन्धी कसुरमा थप १३ करोड बिगो मागदाबी गरिएको छ ।
धेरैजसो थाइल्याण्ड र कम्बोडियामा बस्ने भण्डारीले ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम मात्रै ठगेनन् ।
‘आकर्षक व्याज’को लोभ देखाएर सहकारीका अध्यक्ष कुम्भराज गुरुङ र महाप्रबन्धक ज्योति गुरुङसँग व्यक्तिगत रूपमा करोडौं ठगेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धान निष्कर्ष छ ।
मितेरीको सावाँ ब्याज सहित १४ करोड र सहकारीका पदाधिकारीबाट थप रकम समेत गरेर उनले २२ करोड रुपैयाँ ठगेको भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण