ग्राउन्ड सिस्टममा समस्या, स्पेसएक्सको ‘स्टारसिप’को १०औँ परीक्षण स्थगित
सोमबार, ०९ भदौ २०८२, ०६ : ३३
सारांश
- विश्वको शक्तिशाली रकेट 'स्टारसिप' को १०औं टेस्ट प्रक्षेपण प्राविधिक समस्याका कारण स्थगित भयो।
- रकेट प्रक्षेपणका लागि जमिनमा प्रयोग हुने उपकरणमा समस्या आएको थियो।
- यो रकेट इलोन मस्कको स्पेसएक्स कम्पनीले बनाएको हो, जसको उचाइ ४०३ फिट छ।
वासिङ्टन डिसी । विश्वको सबैभन्दा शक्तिशाली रकेट ‘स्टारसिप’को १०औं टेस्ट प्रक्षेपण ग्राउन्ड सिस्टममा देखिएको प्राविधिक समस्याका कारण स्थगित गरिएको छ।
ग्राउन्ड सिस्टममा खराबी भन्नाले रकेट प्रक्षेपणका लागि जमिनमा प्रयोग गरिने उपकरण, मेसिन वा अन्य प्राविधिक प्रणालीमा आएको समस्या जनाइन्छ।
यो टेस्ट अगस्ट २५ मा बिहान ५ बजे अमेरिकाको बोका चिका साइटबाट गरिने तय थियो। यसअघि जुन २९ मा तय गरिएको टेस्ट पनि ‘स्ट्याटिक फायर टेस्ट’का क्रममा रकेटको माथिल्लो भागमा विस्फोट भएपछि रद्द गरिएको थियो।
यो रकेट इलोन मस्कको कम्पनी स्पेसएक्सले बनाएको हो। स्टारसिप स्पेसक्राफ्ट (माथिल्लो भाग) र सुपर हेभी बुस्टर (तल्लो भाग) मिलेर ‘स्टारसिप’ भनिन्छ। यसको उचाइ ४०३ फिट छ र यो पूर्ण रूपमा पुनः प्रयोगयोग्य (रीयूजेबल) छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण