दार्चुला एमालेले भन्यो– लिपुलेक–कालापानी भारत–चीन व्यापार सम्झौता अस्वीकार्य
सारांश
- एमाले दार्चुलाले लिपुलेक हुँदै भारत र चीनबीचको व्यापार सम्झौताप्रति आपत्ति जनाएको छ।
- एमालेले नेपालको सार्वभौमिकतामा आघात पुर्याउने गतिविधि अस्वीकार्य भएको जनाएको छ।
- एमालेले सरकारलाई कूटनीतिक पहल गर्न र भू-अधिकारको संरक्षण गर्न माग गरेको छ।
दार्चुला । नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी दार्चुलाले लिपुलेक–कालापानी हुँदै भारत र चीनबिच भएको भनिएको व्यापार सम्झौताप्रति कडा आपत्ति जनाएको छ ।
नेपालको भूमि प्रयोग गर्दै व्यापार सम्झौता गर्ने दुई देशको सहमतिपछि भदौ ७ र ८ गते बसेको एमाले जिल्ला कमिटी बैठकले उक्त सहमतिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै आपत्ति जनाएको हो ।
एमाले दार्चुलाका अध्यक्ष ज्ञानेन्द्र घर्तीले सोमबार जारी गरेको विज्ञप्तिमा नेपालको सार्वभौमिकता र स्वाभिमानमाथि आघात पुर्याउने गरी भएको गतिविधि अस्वीकार्य भएको स्पष्ट पारेका छन् ।
‘नेपाली भूमिमा कुनै पनि प्रकारको व्यापार, आवतजावत वा गतिविधि हुन सक्दैन । यो नेपालको सार्वभौम अधिकारमाथिको हस्तक्षेप हो’, घर्तीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
एमालेले नेपाल सरकारलाई तत्कालै कूटनीतिक पहल गर्न र नेपाल–भू–अधिकारको संरक्षणका लागि ठोस कदम चाल्न जोडदार माग पनि गरेको छ । यस घटनालाई सामान्य रूपमा लिन नहुने भन्दै भारत–चीन र नेपालको त्रिपक्षीय सम्बन्धमा यसले नकारात्मक असर पार्ने चेतावनी एमालेले दिएको छ ।
दार्चुला एमालेले नेपाली जनता, नागरिक समाज, बुद्धिजीवी, युवा–विद्यार्थी सबैलाई राष्ट्रिय स्वाभिमानको रक्षा गर्न एकजुट हुन आह्वानसमेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण