नाडा अटो शोमा जिनपेङको स्मार्ट सिटी कार १०० भन्दा बढी बुकिङ
सोमबार, ०९ भदौ २०८२, १७ : १२
सारांश
- नाडा अटो शो २०२५ मा जिनपेङको लिङवक्स ईसी ०१ ले ग्राहकको ध्यान आकर्षित गर्यो।
- स्मार्ट सिटी कार लिङवक्स ईसी ०१ को बुकिङ नाडा शोमा १०२ वटा पुग्यो।
- १९ लाख ९९ हजार र २४ लाख ९९ हजार मूल्यका दुई भेरिएन्टमा यो इभी गाडी उपलब्ध छ।
काठमाडौँ । नाडा अटो शो २०२५ मा सार्वजनिक गरिएको जिनपेङको स्मार्ट सिटी कार लिङवक्स ईसी ०१ ले नेपाली ग्राहकको ध्यान तानेको छ । पाँच दिनसम्म चलेको नाडा शोमा १०२ वटा कारको बुकिङ भएको आधिकारिक वितरक ठाकुर मोटर्स नेपाल प्रालिले जानकारी दिएको छ।
_8uA7aFjWcI.png)
सस्तो मूल्य र कम्प्याक्ट डिजाइनका कारण यो इभी गाडीले प्रदर्शनीमा ठुलो आकर्षण पाएको बताइएको छ। कम्पनीका अनुसार नेपालमा दुई भेरिएन्टमा उपलब्ध हुने उक्त कारको मूल्य क्रमशः रु.१९ लाख ९९ हजार र रु. २४ लाख ९९ हजार तोकिएको छ।
शो अवधिभर जिनपेङको स्टलमा अवलोकनकर्ताको भीड लागेको थियो । धेरैले २० लाख भन्दा तलको मूल्यमा उपलब्ध इभी गाडीलाई व्यावहारिक विकल्पको रूपमा लिएको कम्पनीले जनाएको छ। ठाकुर मोटर्सले अब छिट्टै नियमित बिक्री सुरु गर्ने तयारी गरेको छ।
_8GlO4dP7Fx.png)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण