नाडा अटो शोमा जिनपेङको स्मार्ट सिटी कार लन्च गरिँदै, २० लाख भन्दा कम मूल्यमा पाइने
काठमाडौँ । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले आयोजना गर्न लागेको नाडा अटो शो २०२५ मा जिनपेङको सानो र स्मार्ट कार प्रदर्शनीमा राखिने भएको छ ।
जिनपेङ कम्पनीको नेपालका लागि आधिकारिक वितरक ठाकुर मोटर्स नेपाल प्रालिले उक्त कम्पनीको जिनपेङ स्मार्ट सिटी कार लन्च गर्न लागेको हो ।
ठाकुर मोटर्सले लिङवक्स ईसी ०१ मोडलको मिनी विद्युतीय कार सोकेस गर्न लागेको कम्पनीकी बजार व्यवस्थापक सुनिता ढुङ्गानाले जानकारी दिइन । उनले उक्त नयाँ कारको मूल्य २० लाखभन्दा कम पर्ने बताइन् ।
सिटी र प्रिमियम गरी दुई भेरिएन्टमा नेपाल पहिलो पटक उक्त कम्पनीको सिटी कार नाडा अटो शोमा प्रदर्शनीमा राख्न लागेको हो ।
उक्त कारमा क्रमशः १९.२६ किलोवाट आवर र ३१.४५ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । एक पटकको फुल चार्ज गरेपछि गाडीले २४० र ३४० किलोमिटरसम्म रेन्ज दिने कम्पनीले दाबी गरेको छ ।
कारले डिसी फास्ट चार्जर समेत सपोर्ट गर्दछ । कारको मूल्य १९ लाख ९९ हजार र २४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
ढुङ्गानाले जिनपेङको स्मार्ट सिटी कारमा प्रिमियम फिचर र आरामदायी विशेषता भएको बताइन । उनले कारमा ४ जनाले यात्रा गर्न सकिने पनि उल्लेख गरिन् ।
कारको ग्राउन्ड क्लिरियन्स २०० एमएम छ । लिङवक्समा १०.१ इन्च लामो कनेक्टिभिटी सुबिधा भएको आकर्षक टचस्क्रिन राखिएको छ । सुरक्षाका लागि एड्भान्स ब्रेकिङ सिस्टम र इन्टेलिजेन्ट कोलिजन डिटेक्सन जस्ता फिचर उपलब्ध छ ।
कारको लम्बाई ३५८४ एमएम, चौडाई १४७५ एमएम र उचाई १६१५ एमएम तथा ह्विलवेश २४५५ एमएम छ । प्रतिघन्टा १०५ किलोमिटरसम्मको उच्च गतिमा हाँक्न सकिने लिङवक्समा ३५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ, जसले १०५ एनएम टर्क जनेरेट गर्दछ ।
जिनपेङ चीनको एक प्रतिष्ठित र पुरानो अटो निर्माता हो । यो कम्पनीले इलेक्ट्रिक कार सहित इलेक्ट्रिक रिक्सा, ट्राईसाइकल र मोटरसाइकल समेत उत्पादन गरी विश्व बजारमा निर्यात गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण