युएईमा कार्यरत नेपाली विज्ञहरूको तथ्याङ्क सङ्कलन गरिँदै
काठमाडौँ । अबुधाबीस्थित नेपाली राजदूतावासले युनाइटेड अरब इमिरेट्स (युएई) मा कार्यरत नेपाली डाक्टर, इञ्जिनियर, आइटी इञ्जिनियर, पाइलट, चार्टर्ड एकाउन्टेन्ट, प्राध्यापक, अनुसन्धान तथा नवप्रवर्तनकर्मी, प्रबन्धक, विज्ञान प्रविधि क्षेत्रका विज्ञलगायत व्यक्तित्वलाई लक्षित गरी विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ।
विदेशमा रहेकाहरूलाई नेपालको विकास प्रक्रियामा सक्रिय बनाउन तथा उनीहरूले पुर्याएको योगदानको कदर गर्न परराष्ट्र मन्त्रालयअन्तर्गत प्रतिभा प्राप्ति केन्द्र सञ्चालनमा रहेको समेत राजदूतावासले जनाएको छ।
राजदूतावासका अनुसार युएईमा कार्यरत विज्ञ व्यक्तिहरूसँग अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्ने र केन्द्र मार्फत अन्तर्राष्ट्रिय तथा समसामयिक विषयमा दक्षता हासिल गरेका व्यक्तिहरूसँग नियमित संवाद गर्ने आवश्यकता देखिएको छ।
यसका लागि युएईमा रहेका सम्बन्धित क्षेत्रमा कार्यरत नेपाली विज्ञहरूले राजदूतावासले उपलब्ध गराएको क्युआर कोड स्क्यान गरी आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ।
त्यस्तै युएईमा अध्ययनरत विद्यार्थी तथा ट्राभल–टुरिजम र अन्य व्यावसायिक क्षेत्रमा काम गर्ने नेपालीहरूको तथ्याङ्क सङ्कलनका लागि छुट्टै सूचना जारी गरिने राजदूतावासले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण