विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ
मङ्गलबार, १० भदौ २०८२, १० : ३६
सारांश
- प्रहरीले ठगी आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा सुसन ताम्राकार र योगेन्द्र घले छन्, जसले विदेश पठाउने नाममा ठगी गरेका थिए।
- उनीहरूले इजरायल र जापान पठाउने भन्दै रकम ठगी गरेको आरोप छ, र थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ।
काठमाडौँ । विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा घर भएका २८ वर्षीय सुसन ताम्राकार र काठमाडौँ महानगरपालिका–१५ घर भएका ५० वर्षीय योगेन्द्र घले छन् ।
उनीहरूलाई काठमाडौँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । ताम्राकारले इजरायल पठाउँछु भनेर एकजना पीडितसँग १२ लाख रुपैयाँ ठगी गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । अर्का आरोपी घलेले जापान पठाउँछु भनेर ६ लाख रुपैयाँ ठगी गरेको एसपी आचार्यले बताए ।
उनीहरूलाई थप अनुसन्धान र कारबाहीको लागि प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण