लिभरपुलका लागि लक्की चाम रियो गुमोहा
सारांश
- चेल्सी एकेडेमीबाट आएका १६ वर्षीय रियो गुमोहा लिभरपुल र न्युक्यासलको खेलमा नायक बने।
- गुमोहाले इन्जुरी समयमा गोल गर्दै लिभरपुललाई जित दिलाए, जुन उनको डेब्यु खेल पनि थियो।
- इङ्ल्यान्डको युवा टोलीबाट खेलिसकेका गुमोहाको स्पीड र उत्कृष्ट स्कीलको चर्चा छ।
काठमाडौँ । चेल्सीको कोभम एकेडेमी, जसले विश्वस्तरीय खेलाडीहरू उत्पादन गर्ने गर्छ । चेल्सीको उक्त एकेडेमीले उत्पादन गरेका धेरै खेलाडीहरूले लामो समय चर्चा बटुल्ने गर्दछन् ।
यस्तै अवस्थामा एक नयाँ प्रतिभा उदायका छन्, रियो गुमोहा । १६ वर्षका फरवार्ड गुमोहालाई उनको स्पीड र उत्कृष्ट स्कीलका लागि चिनिने गरिन्छ । उनै गुमोहा सोमबार राति भएको लिभरपुल र न्युकयासलबिचको खेलमा नायक बने ।
इङ्ल्यान्डको युवा राष्ट्रिय टोलीबाट खेल्ने गुमोहाले उमेर समूहमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । उनले इङ्ल्यान्डको यू–१५, यू–१६ र यू–१७ टोलीबाट खेलिसकेका छन् ।
विश्वका उत्कृष्ट विंगरहरूको सूचीमा पर्न सफल उनी लिभरपुलका लागि सिनियर टोलीबाट खेलेको पहिलो खेलमा नै आफ्नो दबदबा छोड्न सफल भए ।
न्युक्यासलको घरेलु मैदानमा दुबै टोली खेलको इन्जुरी समय सम्म २–२ गोलको बराबरीमा थिए । जब उनी मैदान छिरे इन्जुरी समय सकिन नदिँदै टिमका लागि गोल गर्दै जित दिलाउन सफल भए ।
लिभरपुलका लागि उनको यो महत्त्वपूर्ण गोल थियो । गुमोहाका लागि पनि यो डेब्यू खेल थियो । सन् २०२४ मा लिभरपुलको जुनियर टोलीमा खेलेका उनी एक वर्ष भित्रमा नै सिनियर टोलीमा आउन सफल भएका खेलाडी हुन् ।
लिभरपुलले भने गुमोहाको यो प्रदर्शनलाई सकरात्मक रुपमा लिएको छ । आफ्नो नयाँ प्रतिभाको उदयी भएको उसको ठहर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार छैटौँ दिन बढ्यो सेयर बजार, ६ अर्ब ६७ करोडको कारोबार
-
अमेरिकी आक्रमण जारी रहेसम्म स्ट्रेट अफ होर्मुज नखुल्ने इरानको चेतावनी
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण