तिजमा नाचे दूतावासका कर्मचारीहरू
सारांश
- बेलायती र अमेरिकी दूतावासले तिज पर्व धूमधामका साथ मनाए।
- बेलायती राजदूत फेननले महिला कर्मचारीको नाचगानको भिडियो सार्वजनिक गरे।
- अमेरिकी राजदूत थम्सन पनि तिज कार्यक्रममा सहभागी भए।
काठमाडौँ । नेपालमा रहेका कतिपय दूतावास र कूटनीतिक नियोगका कर्मचारीहरूले तिज मनाएका छन् ।
नेपालस्थित बेलायती दूतावासले दूतावासभित्रै एक कार्यक्रमको आयोजना गरी धूमधामका साथ तिज मनाएको छ । त्यस्तै नेपालस्थित अमेरिकी दूतावासले पनि तिज पर्व धूमधामका साथ मनाएको छ ।
नेपालस्थित बेलायती राजदूत रोब फेननले तिजका अवसरमा त्यहाँका महिला कर्मचारीहरूले गरेका नाचगानको तस्बिर तथा भिडियो सार्वजनिक गर्दै शुभकामना दिएका छन् । दूतावासले हिजो दर खाने कार्यक्रमको समेत आयोजना गरेको थियो ।
अमेरिका दूतावासले गरेको तिज कार्यक्रममा अमेरिकी दूतावासका महिला कर्मचारीहरूले रातो साडी लगाएर नाचगान गरेका थिए । अमेरिकी राजदूत डिन आर. थम्सन पनि महिलाहरूको साथमा नाचेका थिए । दूतावासले हिजो दर खाने कार्यक्रमको आयोजना गरेको थियो ।
यस्तै नेपालका लागि चिनियाँ राजदूत चेन सोङले तिजको अवसरमा आज शुभकामना दिएका छन् । तीजको उपलक्ष्यमा कुनै कार्यक्रम नगरेपनि भारतीय दूतावासले समेत शुभकामना व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण