९१ लाखसहित पक्राउ परेका युवकलाई ६ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ। ललितपुरको भनिमण्डलबाट ९१ लाख नगदसहित पक्राउ परेका गौरव स्याङ्तानलाई अदालतले ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
सोमबार २५ वर्षीय स्याङ्तानलाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न ललितपुर जिल्ला अदालतले अनुमति दिएको जिल्ला प्रहरी परिसर ललितपुरका एक अधिकृतले रातोपाटीलाई बताए ।
प्रहरीले उनीविरुद्ध अनलाइन जुवा र लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । उनी क्रिप्टोकरेन्सी कारोबारमा पनि संलग्न रहेको भेटिएको छ । आरोपी सिन्धुलीको पिपलभञ्ज्याङ घर भई ललितपुर महानगरपालिका–४ भनिमण्डल बस्दै आएका थिए ।
प्रहरीले उनको डेराबाट ९१ लाख ५० हजार नगद र १ थान पैसा गन्ने मेसिन बरामद गरेको थियो । उनको डेरामा १ केजी ५ सय ग्राम गाँजा पनि भेटिएको ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए । अनलाइन गेमिङ र क्रिप्टो कारोबारमा प्रयोग गरिएका ११ थान मोबाइल, आइप्याड र ल्यापटप प्रहरीले बरामद गरेको थियो ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण