अनेरास्ववियू (क्रान्तिकारी) र त्रिविबिच शुल्क घटाउने सहमति भएसँगै आन्दोलन स्थगित
काठमाडौँ । ३४ दिनदेखि जारी अनेरास्ववियू (क्रान्तिकारी) त्रि.वि. जिल्ला समितिको आन्दोलन सहमतिमा टुङ्गिएको छ ।
त्रिभुवन विश्वविद्यालय र विद्यार्थी सङ्गठनबिच मंगलबार भएको वार्तापछि मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैङ्गिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व, शान्ति तथा विकास अध्ययन विभागको शुल्क घटाउने निर्णय भएसँगै आन्दोलन स्थगित भएको हो।
सहमति अनुसार यी विभागहरूको शुल्क घटाएर अब रु. १ लाख १० हजार कायम गरिनेछ । सो व्यवस्था तत्काल दोस्रो सेमेस्टरदेखि लागू हुनेछ।
साथै छात्रवृत्ति कार्यान्वयन गर्ने, आवश्यक भौतिक पूर्वाधार तथा जनशक्ति व्यवस्था गर्ने सहमति पनि भएको छ।सहमति पश्चात् अनेरास्ववियू (क्रान्तिकारी) ले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू फिर्ता लिएको जनाएको छ ।
विश्वविद्यालयका कार्यकारी निर्देशक विष्णुप्रसाद खनाल र आन्दोलनरत विद्यार्थीहरूको तर्फबाट इन्चार्ज ममता श्री जोशी लगायतले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण