राजस्थानमा २० करोड वर्ष पुरानो गोहीको जीवाश्म भेटियो
सारांश
- जैसलमेरमा २४ करोड वर्ष पुरानो गोही प्रजातिको जीवाश्म फेला परेको छ, जुन जुरासिक युगको हो।
- वरिष्ठ हाइड्रोजियोलोजिस्ट डा. नारायणदास इन्खिया र उनको टोलीले मेघा गाउँमा जीवाश्म पत्ता लगाए, जसले थप खोजको संकेत गर्छ।
- फाइटोसौर नाम दिइएको यो जीवाश्म नदी र जमिन दुवैमा बस्ने जीवको अवशेष हो, जसले गोहीको विकासक्रम बुझ्न मद्दत गर्छ।
राजस्थान । राजस्थानको जैसलमेरमा गोहीजस्तै एक दुर्लभ प्रजातिको २४ करोड वर्ष पुरानो जीवाश्म फेला परेको छ । यो जीवाश्म जुरासिक युगको भएको बताइएको छ । यस जीवाश्मलाई 'फाइटोसौर' भनिन्छ, जसको लम्बाई करिब डेढ देखि दुई मिटर रहेको छ ।
यो जीवाश्म जैसलमेर जिल्लाको मेघा गाउँमा राज्य जल विभागका वरिष्ठ हाइड्रोजियोलोजिस्ट डा. नारायणदास इन्खिया र उनको टोलीले पत्ता लगाएका हुन् । डा. इन्खियाले बीबीसीलाई बताएअनुसार यस क्षेत्रमा ‘थप धेरै लुकेका जीवाश्महरू’ हुन सक्छन्, जसले विकासको इतिहासबारे महत्त्वपूर्ण र रोचक जानकारी दिन सक्छन् । उनले भने, 'यो क्षेत्र जीवाश्म पर्यटनका लागि पनि एक महत्त्वपूर्ण स्थानको रूपमा विकसित हुन सक्छ ।'
भूविज्ञानी सीपी राजेन्द्रनका अनुसार फाइटोसौर एक यस्तो जीव थियो, जो नदी र जमिन दुवैमा बस्थ्यो । पछि यही विकसित भएर आजका गोहीहरूमा परिवर्तन भयो । गत हप्ता गाउँलेहरूले यस क्षेत्रमा ताल खनिरहेका वेला सबैभन्दा पहिले यी अवशेषहरू देखेका थिए । मानिसहरूले जमिनमा केही यस्ता संरचनाहरू देखे, जुन कुनै ठुलो कंकालजस्तो देखिन्थ्यो र उनीहरूले यसको जानकारी अधिकारीहरूलाई दिएका थिए । जब यस ठाउँको उत्खनन गरियो, शोधकर्ताहरूले एउटा जीवाश्म अण्डा पनि फेला पारे, जुन सम्भवतः फाइटोसौरको हुन सक्छ ।
एनडीटीभीसँग कुरा गर्दै वरिष्ठ वैज्ञानिक तथा यस शोध टोलीका प्रमुख वीएस परिहारले भने, 'यो जीवाश्मले एक मध्यम आकारको फाइटोसौरको संकेत दिन्छ, जो करोडौं वर्ष पहिले यहाँ कुनै नदीको किनारमा बस्थ्यो र माछा खाएर जीवित रहन्थ्यो ।' राजेन्द्रनले यो अवशेष सम्भवतः एक दुर्लभ जीवाश्म नमुना भएको बताए, किनभने अहिलेसम्म विश्वका अन्य भागहरूमा फाइटोसौरका केही भागहरू मात्र फेला परेका छन् ।
यी खोजहरू महत्त्वपूर्ण भए तापनि वैज्ञानिकहरूले यसमा कुनै आश्चर्य प्रकट गरेका छैनन्, किनभने यो क्षेत्रको एकातर्फ नदी र अर्कोतर्फ समुद्र थियो । करोडौँ वर्ष पहिले जैसलमेरको इलाकामा जुरासिक युगमा डायनासोरहरू निकै फस्टाएका थिए ।
सन् २०२३ मा इन्खिया र उनको टोलीले जैसलमेरमा एउटा जीवाश्म अण्डा फेला पारेका थिए, जसलाई डायनासोर मानिन्छ । सन् २०१८ मा भारतीय भूवैज्ञानिक सर्वेक्षणका वैज्ञानिकहरूले यहाँ उत्खनन गरी जीवाश्महरू निकालेका थिए, जुन यहाँ फेला परेका अहिलेसम्मकै सबैभन्दा पुराना शाकाहारी डायनासोरका जीवाश्महरू प्रमाणित भएका थिए ।
बीबीसीबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण