गणेश चतुर्थी : सूर्यविनायक मन्दिरमा बिहानैदेखि श्रद्धालुहरूको भीड (तस्बिरहरू)
सारांश
- गणेश चतुर्थीको अवसरमा देशभरका गणेश मन्दिरहरूमा श्रद्धालुहरूको भीड लागेको छ।
- यो पर्व भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यतामा आधारित छ।
- शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ।
काठमाडौँ । अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्वका दिन आज देशभरका गणेश मन्दिरहरूमा श्रद्धालुहरूको भीड लागेको छ ।
_VzzMBeHyIP.jpg)
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन मनाइने यस पर्व सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यतामा आधारित छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाइँदै छ ।
_wqFonZaTpl.jpg)
शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । आज हरितालिका तीजको व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको छ ।
_2DIgU9eLIk.jpg)
भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ ।
_70CbD1soKx.jpg)
तस्बिरमा भक्तपुरको सूर्यविनायक मन्दिरमा दर्शन गर्दै श्रद्धालुहरू (तस्बिर : नेपाल फोटो लाइब्रेरी )
_dlmlvm3I7w.jpg)
_ragbLL4Tvu.jpg)
_jyl8v5sx6B.jpg)
_ik8Jd5Bkgk.jpg)
_gpIt8PDNad.jpg)
_dBrvMERs85.jpg)
_fM6D4EkvBr.jpg)
_oNOae4TbaA.jpg)
_Jo2M0KuE6b.jpg)
_Wc28MikZCq.jpg)
_es2RjoyjW7.jpg)
_LyaMANne5D.jpg)
_Gr60ffsi4Q.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण