प्रधानमन्त्री ओलीविरुद्धको सुनुवाइ शर्मा र निरौलाको संयुक्त इजलासमा
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको विश्वासको मतसम्बन्धी मुद्दाको सुनुवाइ सुरु भएको छ।
- सर्वोच्च अदालतले प्रधानमन्त्री र सभामुखसहितलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ।
- रिट निवेदकले सरकार कामचलाउ भएको र संवैधानिक प्रश्न उठेको दाबी गरेका छन्।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विश्वासको मत सम्बन्धी मुद्दाको सुनुवाइ न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेसी तोकिएको छ ।
अधिवक्ता वीरेन्द्र केसी समेतले दायर गरेको रिटमा गत शुक्रबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले चार वटा विषयमा गम्भीर संवैधानिक प्रश्न उठाएको थियो । सर्वोच्चले प्रधानमन्त्री र सभामुखसहितलाई चार संवैधानिक प्रश्नमा लिखित जवाफ माग्दै निवेदकलाई बोलाएको हो।
सरकारमा सहभागी कुनै दलले औपचारिक रूपमा सरकार छाडेको जानकारी दिएपछि प्रधानमन्त्री ओलीले विश्वासको मत नलिएमा सरकार कामचलाउ भएको भन्दै दायर रिटमा सर्वोच्चले सरकारको कानुनी हैसियत लिएर संवैधानिक प्रश्न उठाएको हो ।
सरकारलाई समर्थन गर्दै आएको जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको भने सरकारमै सहभागी दल नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन फिर्ता लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण