भक्त राना मेमोरियल बुद्धिचाल प्रतियोगिता सुरु
काठमाडौँ । भक्त राना मेमोरियल बुद्धिचाल प्रतियोगिता बुधवारदेखि सुरु भएको छ । अखिल नेपाल बुद्धिचाल सङ्घको आयोजनामा दुई दिने प्रतियोगिताको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’ले उद्घाटन गरे ।
सो अवसरमा बोल्दै पूर्व प्रधानमन्त्री प्रचण्डले माओवादी युद्धमा रानाको भूमिका महत्त्वपूर्ण रहेको बताए । सो अवसरमा उनले नेपाली चेसको विकासमा अखिल नेपाल बुद्धिचाल सङ्घको भूमिकाको प्रशंसा गरे ।
दुई दिने प्रतियोगितामा २२१ जना खेलाडीको सहभागिता छ । प्रतियोगिताको मुख्य निर्णायक अन्तर्राष्ट्रिय आर्बीटर ज्ञानेन्द्र खाइजु छन् ।
प्रतियोगितामा खुलाका साथै महिला, भेट्रान, अनरेटेड तथा उमेर समूहको समेत गरी २ लाख भन्दा बढी पुरस्कार राशिको व्यवस्था गरिएको छ । बिहीबार सकिने प्रतियोगिता स्विस लिगको आधारमा ९ चरणमा सञ्चालन हुने छ ।
रोयल एयरपोर्ट होटेल, काठमाडौँमा जारी प्रतियोगिताको ३ चरणको समाप्तिमा शीर्ष वरियताका खेलाडी सुमन लामा, नबिन तण्डुकार, उमेश राई र दीपक महर्जन लगायतले ३ अङ्क जोड्दै अग्रता कायम गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण