तिज र स्मृति
आज फेरि
गुन्जिएको छ सबैको घरआँगन
थरीथरीका गीतका भाकाले
चेलीबेटी रमाइरहेका छन्
रातो पहिरहनमा सजधज भएर
तर मेरो मन
निकै टाढा पुगेर स्मृतिको ढोका खोल्न खोज्दै छ ।
माइतीमा तिज भनेको
थिएन नाचगान मात्र
थियो त्यहाँ
आमाको माया
उनको हातले पकाएको मिठो परिकार
थियो साथीहरूसँग रातभरि गाउने लय र नाच्ने ताल ।
आज ती सबै यथार्थहरू
प्वाँखहरू हावामा हराएसरी हराएका छन्,
उसैगरी हराएकी छिन् आमा
कहिल्यै नफर्किने गरी ।
जब तिज आउँछ
आमाको यादले बेस्सरी चिमोटेर जान्छ
मस्तिष्कको कुनामा लुकेका स्मृतिहरू आफैँ खुल्न थाल्छन्,
माइतीको आँगनमा बिताएका बाल्यकालको रमाइलो फर्केर आउँछ
आमाको स्वरले गाएको तिजको गीत
कानमा गुञ्जिन थाल्छ ।
तिज मेरा लागि अब
पर्व मात्र होइन
बरु हो— सम्झनाको महासागर
जहाँ म आमा, माइती र सखीहरूसँग
फेरि एकपटक भेटिन्छु ।
त्यो आँगन
जहाँ आमा मुस्कुराएर
घामजस्तै उज्यालो दिन्थिन्
उनको हातको मिठासले
तिज अझै मिठो हुन्थ्यो ।
बाल्यकालको रमाइलो
सखीहरूको गीत
धुलो उडाउँदै नाचेका पलहरू
सबैले मलाई सम्हाल्न नसक्नेगरी रुवाउँछन् ।
आमा
तिमीलाई सम्झँदा आज तिजको उज्यालो पनि
कति अँध्यारो लाग्छ
तिम्रो हातको मिठासविना
भान्छाभरि पाकेका पकवानहरू फिका लाग्छन्
आमा, तिमी नभएको यो तिजमा
तिम्रो स्वरविनाको गीतले
हर्षभन्दा बढी यादको आँसु बग्छ ।
सखीहरू त आज पनि नाचिरहेका छन् उसैगरी
तर म
तिमीलाई खोजिरहेकी छु
तिमी नभएको यो तिज
मेरा लागि
स्मृतिको भारी बोकेको मनको मौन चिच्याहट हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण