एमाले महाधिवेशन व्यवस्थापन उपसमितिको बैठक : तयारी तीव्र पार्न पोखरेलको निर्देशन
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दोस्रो विधान महाधिवेशनलाई भव्यतापूर्वक सम्पन्न गर्नका सबै उपसमितिहरूलाई सक्रियतापूर्वक तयारी गर्न निर्देशन दिएका छन् ।
उनले सबै उपसमितिलाई तयारीलाई तीव्र पार्न समेत निर्देशन दिए । महाधिवेशन व्यवस्थापन समितिको बुधबारको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले विधान महाधिवेशनको मूल नारा तय भइसकेकोले अब त्यसकै आधारमा प्रचार प्रसारको कामलाई व्यापक बनाउन पनि निर्देशन दिनु भएको छ ।
पार्टी स्थायी कमिटी सदस्य एवं पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार आठ वटै उपसमितिका प्रमुखहरूले आफ्नो आफ्नो तयारीका बारेमा रिपोर्टिङ गरेका थिए ।
प्रतिनिधि,मञ्च तथा हल,स्वयम् सेवक,आवास,खाद्य व्यवस्थापन उपसमितिले आफ्नो तयारीका बारेमा रिपोर्टिङ गरेका छन् ।
यसैगरी प्रचार,यातायात,स्वास्थ्य,सांस्कृतिक,स्वागत गेट तथा साजसज्जा,दस्ताबेज प्रकाशन र कार्यालय तथा लजिस्टिक व्यवस्थापन टिमले आफ्ना तयारीका बारेमा रिपोर्टिङ गरेका छन् ।
पार्टीको विधान महाधिवेशन यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरी स्थित सनराज हलमा आयोजना गरिएको छ ।
पार्टीले हिजो मात्र महाधिवेशनको मूल नारा तय गरेको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प,समृद्ध नेपाल,सुखी नेपाली राष्ट्रिय गन्तव्य’लाई पार्टीले मूल नारा बनाएको छ ।
गौतमका अनुसार स्वयम् सेवकका लागि विभिन्न जनसङ्गठनबाट करिब ३सय जनाको नाम सङ्कलन गरिएको छ । महाधिवेशनमा प्रतिनिधि र आयोजक गरी कुल २हजार ३ सय ७८ रहेका छन् ।
प्रतिनिधि मात्र २ हजार १ सय २४ जनाले महाधिवेशनमा सहभागिता जनाउने छन् । महाधिवेशनको तयारीका बारेमा जानकारी दिनका लागि आगामी भदौ १८ गते पार्टीले बृहत् पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण