अध्ययन बिदाको सर्त उल्लङ्घन गरेको आरोपमा कृषि अनुसन्धान परिषद्का कर्मचारीमाथि स्पष्टीकरण माग
सारांश
- नेपाल कृषि अनुसन्धान परिषद्ले अध्ययन बिदाका कर्मचारीलाई स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।
- कर्मचारीहरूले तोकिएको समयमा हाजिर नभएको र सर्त उल्लङ्घन गरेको आरोप छ।
- स्पष्टीकरण नदिएमा वा अनुपस्थित भएमा परिषद्को नियमअनुसार कारबाही हुने जनाइएको छ।
काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद्ले आफ्ना केही स्थायी कर्मचारीहरूलाई अध्ययन बिदाको क्रममा तोकिएको सर्त उल्लङ्घन गरेको भन्दै स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।
परिषद्को सामान्य प्रशासन महाशाखा, सिंहदरबार प्लाजाले जारी गरेको सूचना अनुसार, कर्मचारीहरूले अध्ययन बिदामा जान स्वीकार गरी कबुलियतनामा गरेपनि निर्धारित समयमा हाजिर हुन नआएको र परिषद्को सर्त उल्लङ्घन गरेको उल्लेख छ ।
सूचनामा उल्लिखित अनुसार, परिषद्को मिति २०६१।१२।३१ मा बसेको ६६औं बैठकको निर्णयानुसार अध्ययन बिदामा गएका कर्मचारीहरूले तोकिएको मितिबाट सेवाबाटै बाहिरिएको सरह मानिने व्यवस्था छ। यसरी अनुपस्थित रहँदै आएका कर्मचारीहरूले किन नोकरीबाट अलग नगरिने वा नगर्नु पर्ने कारणबारे पत्र प्राप्त भएको मितिले सात दिनभित्र स्पष्टीकरण पेस गर्नुपर्नेछ।
कर्मचारीहरूले तोकिएको समयभित्र आफ्नो घर ठेगानामा पत्राचार गर्दा पनि उपस्थित नभएमा वा स्पष्टीकरण नदिएमा परिषद्को नियमानुसार कारबाही गरिने स्पष्ट पारिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण