फरक मत ल्याए हिसाबकिताब गर्ने बालुवाटारबाट ओलीको चेतावनी
बिहीबार, १२ भदौ २०८२, ०८ : ५७
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले विधान महाधिवेशनमा फरक मत ल्याउनेको हिसाब किताब गर्ने चेतावनी दिए।
- ओलीले नेता ईश्वर पोखरेलले बाटो बिराउन खोजेको र विद्यादेवी भण्डारीले चुनौती दिन खोजेको आरोप लगाए।
- बालुवाटारमा काठमाडौँका विधान महाधिवेशन प्रतिनिधिहरूसँगको भेटमा ओलीले यस्तो धारणा राखेका हुन्।
काठमाडौँ । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी विधान महाधिवेशनमा फरक मत ल्याउनेको हिसाब किताब गर्ने चेतावनी दिएका छन् ।
बुधबार साँझ बालुवाटारमा भेटेर काठमाडौँ लगायतका विधान महाधिवेशन प्रतिनिधिहरूसँग कुरा गर्दै ओलीले यस्तो चेतावनी दिएका हुन् ।
त्यस क्रममा उनले नेता ईश्वर पोखरेलले बाटो बिराउन खोजेको भन्दै बाटो बिराएर कहीँ नपुगिने जिकिर गरेका छन् । त्यस्तै ओलीले पार्टीमा आफूलाई विद्यादेवी भण्डारीले चुनौती दिन खोजेको भन्दै त्यो सफल नहुने बताएका थिए ।
भेटपछि नेकपा एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाले ओलीको ब्रिफिङलाई बुँदागत रूपमा सामाजिक सञ्जालमा राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
-
नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने
-
२०२२ देखि विश्वकप २०२६ सम्मः जसलाई पनि हराउन सक्ने टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण