शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

रौतहटबाट चोरी भएको ट्र्याक्टर सर्लाहीमा फेला, दुई जना पक्राउ

बिहीबार, १२ भदौ २०८२, १० : २८
बिहीबार, १२ भदौ २०८२

सारांश

  • रौतहटको वृन्दावनबाट चोरी भएको ट्र्याक्टर सर्लाहीमा फेला परेको छ।
  • चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा सर्लाहीका बिजेन्द्र दास र विनोद पण्डित रहेका छन्।

रौतहट । रौतहटको वृन्दावन नगरपालिका–९ बाट चोरी भएको ट्र्याक्टर सर्लाहीमा फेला परेको छ । यससँगै चोरीमा संलग्न रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय गरुडाले बुधवार साँझ सार्वजनिक गरेको छ।

प्रहरीका अनुसार वृन्दावन–९ का शैलेन्द्र राउक कुर्मीको खेतमा रहेको मधेस प्रदेश २०३–००१ त १९२४ नम्बरको ट्र्याक्टर गत साउन ८ गते राति करिब साढे १२ बजे चोरी भएको थियो ।

चोरी भएको ट्र्याक्टर भोलिपल्ट गत साउन १० गते सर्लाहीस्थित ईश्वरपुर नगरपालिका–११, सडक छेउ खाल्डोमा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गर्दै जाँदा घटनाको १ महिना पछि ट्याक्टर चोरीमा संलग्न दुईजना लाई पक्राउ गरेको छ।

पक्राउ परेकाहरूमा सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय बिजेन्द्र दास र वडा–७ का २६ वर्षीय विनोद पण्डित रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताएका छन् । पक्राउ परेकाहरूलाई चोरीमा संलग्न रहेको अभियोगमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप