सहकारीलाई उत्पादन र रोजगारीसँग जोड्न मन्त्री पौडेलको निर्देशन
सारांश
- मन्त्री बिनु रायमाझीले सहकारीलाई उत्पादन, उद्यमशीलता र रोजगारी सिर्जनामा केन्द्रित गर्नुपर्ने बताएकी छिन्।
- उनले सहकारीलाई सदस्यहरूको आर्थिक र सामाजिक उत्थानको माध्यम बनाउन जोड दिइन्।
- मन्त्री रायमाझीले तालिमको पहुँच विस्तार, डिजिटल प्रविधि समावेश, र विपन्न समूहलाई प्राथमिकता दिनुपर्ने बताइन्।
मकवानपुर । बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझीले सहकारी क्षेत्रलाई उत्पादन, उद्यमशीलता र रोजगारी सिर्जनामा केन्द्रित गर्नुपर्ने बताएकी छिन् । उनले सहकारी क्षेत्रलाई बचत तथा ऋणको परम्परागत भूमिकाबाट माथि उठाउँदै उत्पादन, उद्यम र रोजगारीमा जोड्नु पर्ने बताइन् ।
सहकारी तालिम केन्द्रसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रायमाझीले सहकारीलाई सदस्यहरूको आर्थिक र सामाजिक उत्थानको माध्यम बनाउन बचत र ऋणको कारोबारमा मात्र सीमित राख्न नहुने बताइन्।
उनले सहकारीका गतिविधिलाई व्यवस्थित र प्रभावकारी बनाउने गरी तालिम संचालन गरेर परिणाममुखी बनाउन निर्देशन समेत दिइन् । सहकारी अभियानको महत्त्व, उपलब्धिलाई संस्थागत गर्दै सुधार र समस्या व्यवस्थापनमा ध्यान दिनुपर्ने उनको धारणा छ ।
'अब हाम्रो ध्यान सहकारीमार्फत स्थानीय उत्पादन बढाउने, उद्यमशीलता विकास गर्ने र युवाहरूलाई स्वदेशमै रोजगारी दिने हुनुपर्छ ।' उनले भनिन्,'तालिमको पहुँच हरेक स्थानीय तहसम्म विस्तार गर्ने, सहकारीमा डिजिटल प्रविधि र ई–बैंकिङलाई अनिवार्य रूपमा समावेश गर्ने, महिला–युवा तथा विपन्न समूहलाई प्राथमिकता दिने व्यवस्था गर्नुपर्छ ।'
उनका अनुसार तालिमपछिको अनुगमन र मूल्याङ्कन प्रणालीलाई मजबुत बनाउन जरुरी रहेको उनले बताइन् । सहकारी क्षेत्रको प्रभावकारी कार्यान्वयनले मुलुकको आर्थिक समृद्धिको बलियो आधारस्तम्भ बनाउन मद्दत पुग्ने उनले विश्वास व्यक्त गरिन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
-
एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि 'प्रदेश बचत खाता’ सुरु
-
भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव
-
भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव
-
विराटनगरमा कार्गो रेल नियमित चल्न सक्ला ?
-
विभिन्न जिल्लाबाट लागु औषधसहित १९ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण