लिपुलेक व्यापारिक नाका सञ्चालनप्रति नेपाली जनप्रगतिशील मञ्च जापानको आपत्ति
सारांश
- जापानस्थित नेपाली जनप्रगतिशील मञ्चले भारत र चीनको लिपुलेक नाका खोल्ने निर्णयको विरोध गरेको छ।
- मञ्चले नेपालको सार्वभौमिकतामा आघात पुगेको भन्दै सरकारको मौनताप्रति आपत्ति जनाएको छ।
- मञ्चले कूटनीतिक पहल गरी नाका बन्द गर्न र अतिक्रमित भूमि फिर्ताको लागि रणनीति बनाउन माग गरेको छ।
काठमाडौं । नेपाली जनप्रगतिशील मञ्च, जापानले भारत र चीनबीचको आपसी सहमतिमा लिपुलेक व्यापारिक नाका सञ्चालन गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ ।
मञ्चको तर्फबाट अध्यक्ष मोहन पौडेल र महासचिव दावा शेर्पाले हस्ताक्षर गरेको प्रेस वक्तव्यमा लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको ऐतिहासिक, भौगोलिक र नक्सागत प्रमाणले पुष्टि भइसकेको भूमि भएकाले नेपाल सरकारलाई जानकारी नै नदिई छिमेकी मुलुकहरूले गरेको यस्तो निर्णयले नेपालको सार्वभौमिकता र भू–अधिकारमाथि ठाडो आघात पुगेको उल्लेख गरिएको छ ।
'सीमासम्बन्धी यति संवेदनशील विषयमा नेपाल सरकारको मौनता र कूटनीतिक निष्क्रियता निकै दुःखद र आपत्तिजनक छ,' वक्तव्यमा भनिएको छ । मञ्चले नेपाल सरकारले तत्काल भारत र चीनसँग कूटनीतिक पहल गर्दै लिपुलेक नाका सञ्चालन गर्ने निर्णय खारेज गर्न माग गरेको छ । साथै अतिक्रमित भूमि फिर्ता ल्याउन दीर्घकालीन रणनीति बनाउन पनि आग्रह गरेको छ ।
मञ्चले प्रवासी नेपाली, राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपाली जनतालाई राष्ट्रिय स्वाधीनता र सीमा रक्षाको सवालमा एकजुट भई दबाब सिर्जना गर्न आह्वान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण