नौ महिना अगावै तार्दीखोलामा पक्की पुल निर्माण
बिहीबार, १२ भदौ २०८२, १२ : ५५
सारांश
- लमजुङमा दोर्दी गाउँपालिका र राईनास नगरपालिका जोड्ने तार्दीखोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ।
- पुल निर्माणको अवधि आगामी चैतसम्म भए पनि नौ महिना अगावै काम सकिएको छ।
- ओससिस आङबुहाङ जेभीले पुल निर्माणको ठेक्का लिएको थियो र अनुमानित लागत भन्दा कममा काम सम्पन्न भयो।
लमजुङ । लमजुङको दोर्दी गाउँपालिका–१ र राईनास नगरपालिका–९ जोड्ने तार्दीखोलामा पक्की पुल निर्माण भएको छ ।
आगामी चैत महिनासम्म निर्माण अवधि रहेको यस पुल नौ महिना अगावै सम्पन्न भएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ । कार्यालयका प्रमुख नरेशराज जोशीले भने, “सम्झौता अनुसार समय अगावै सम्पन्न हुने योजना कमै छन्, सो मध्ये एक पुल हो यो ।”
ओससिस आङबुहाङ जेभीले निर्माणको ठेक्का लिएको सो पुल पाँच करोड १२ लाख २८ हजार ४४८ रुपैयाँ १६ पैसाको स्टिमेट गरेपनि ठेकेदारले तीन करोड १९ लाख ९९ हजार ८३४ रुपैयाँ ५० पैसामा निर्माण गरेको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण