दिपक मनाङे पदमुक्त भएको सूचना नेपाल राजपत्रमा प्रकाशित
काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासबाट पदमुक्त भएका गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दिपक मनाङे) पदमुक्त भएको सूचना नेपाल राजपत्रमा प्रकाशित भएको छ ।
यही असार ४ गते अदालतको आदेश बमोजिम गुरुङ पदमुक्त भएको सूचना राजपत्रमा प्रकाशित भएको हो ।
‘संवत् २०७९ साल मंसिर ४ गते आदेश बमोजिम प्रदेश सभा सदस्य पदको उम्मेदवार हुन अयोग्य ठहर भई प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १६ को उपदफा (१) बमोजिम सो पदबाट मुक्त हुनु भएकोले मिति २०८२।०३।४ को देखि लागु हुने गरी सोही दफाको उपदफा (४) को प्रयोजनको लागि यो सूचना प्रकाशन गरिएको छ’, सूचनामा भनिएको छ ।
२०७९ साल मंसिर ४ गते सम्पन्न भएको मनाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.१ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ बाट गण्डकी प्रदेश सभा सदस्य पदमा गुरुङ निर्वाचित भएका थिए । फौजदारी अभियोगमा गुरुङलाई अदालतले दोषी ठहर गर्दै जेल सजाय तोकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण