२९४ पेजको योजनालाई लिएर मधेस सभामा किचलो, अर्थमन्त्रीको राजीनामा माग
सारांश
- मधेस प्रदेश सभाको बैठक अर्थमन्त्रीको राजीनामाको माग गर्दै प्रतिपक्षी दलले अवरोध गरेपछि स्थगित भयो।
- प्रतिपक्षी दलहरूले अर्थमन्त्री सुनिल यादवले बजेटमा गडबड गरेको र बिचौलियाको स्वार्थ पूरा गरेको आरोप लगाए।
- जसपा नेपालका सांसद रामअशिष यादवले अर्थमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नदिने बताए।
जनकपुर । मधेस प्रदेश सभाको बिहीबारको बैठक स्थगित भएको छ । प्रतिपक्षी दलहरूले प्रदेशको अर्थमन्त्रीको राजीनामाको माग गर्दै उठेर अवरोध गरेपछि सदनको बैठक स्थगित भएको हो ।
कमिसन र बिचौलियाको ‘इन्ट्रेस्ट’ अनुसार बजेट पास भएको जिकिर गर्दै प्रतिपक्षी दलका सांसदहरू अर्थमन्त्रीको राजीनामाको माग गरेका हुन् । प्रतिपक्षी दल जसपा नेपालका प्रदेश सांसद रामअशिष यादवले अर्थमन्त्री सुनिल यादवको राजीनामाको माग गरे ।
अर्थमन्त्री यादवको चलखेलमा बजेटमा धेरै गडबड गरिएको उनले दाबी गरे । चालू आर्थिक वर्ष ०८२/०८३ को बजेट पुस्तिकामा असन्तुलित बजेट राखिएको यादवले सदनमा सभामुखको ध्यानाकर्षण गराएका थिए ।
उनले भने– ‘सदनमा ४६२ पेजको रेडबुक वितरण गरिएको थियो, तर बाहिर भने ७५५ पेजको रेड बुक तयार गरिएको थियो । त्यो विषयमा सदनमा विवाद हुँदा पनि प्रतिपक्षी दलको विरोधका बाबजुद प्रदेश सभाबाट बजेट पारित गरियो ।’
त्यसरी २९४ पेज चोराएको योजनाहरूसहितको बजेट अर्थमन्त्री यादवको चलखेलमा पारित भएकोले अर्थमन्त्रीको राजीनामा नआउँदासम्म सदन चल्न नदिने प्रतिपक्षी दलहरूको अडान रहेको जसपा नेपालका नेता यादवले बताए ।
सभामुखले कार्यसूचीमा प्रवेश गर्न खोज्दा प्रतिपक्षी दलले उठेर विरोध जनाइरहेपछि बैठक स्थगन गरिएको हो । यसअघि सभामुख रामचन्द्र मण्डलले मण्डलले बैठक १३ गतेसम्मका लागि स्थगन भएको जानकारी गराए ।
चालू आर्थिक वर्षको बजेटमा चोर बाटो धेरै योजना राखिएको भन्दै सदनको बैठकमा विरोध हुन थालेको छ । अर्थमन्त्री सुनिल यादवले योजना बेचेको र बिचौलियाको इन्ट्रेस्ट अनुसार बजेट राखेको आरोप २६ असारमा सदनमा लागेको थियो ।
सदनमा बजेट ल्याउँदा त्यस बखत २९४ पेजको योजना आफ्नो स्वार्थ अनुसार गोप्य राखेपछि मधेस सभामा हङ्गामा मच्चेको थियो ।
जसपा नेपालका प्रदेश सांसद रामअशिषले भने– ‘प्रदेशमा सुरुमा बाँडिएको रेड बुक ४६१ पेजको थियो । तर गोप्य हिसाबले ७५५ पेजको योजनावाला दोस्रो रेड बुक पत्ता लाग्यो । त्यसपछि हामीले विरोध गर्दा कार्यदल गठन भयो । उक्त कार्यदलले माग्दा अर्थमन्त्री अर्को ७५५ पेज भएको रेड बुक थमाइदिए । अनि सरकारको दोस्रो रेड बुक छताछुल्ल भयो ।’
सरकारको आग्रहमा त्यसबेला उपसभामुखको नेतृत्वमा १३ सदस्यीय कार्यदल गठन गरिएको थियो । जसपा नेपालका प्रदेश सांसद यादवले भने, ‘त्यो कार्यदलले वास्तविक छानबिन गर्नुपर्ने हो, तर त्यसमा पनि अल्पमत र बहुमतको खेल भयो । जुन कारणले प्रतिपक्षी दलको उपस्थितिबिनै बजेट पारित गरियो । जुन सरासर अन्याय हो ।’
यही कारण बिना प्रतिपक्ष बजेट पास गरिएको भन्दै अर्थमन्त्रीको राजीनामाको माग गर्दै सदनको बैठक अवरोध गरिएको जसपा नेपालका प्रमुख सचेतकसमेत रहेका रामअशिष बताउँछन् । अर्थमन्त्री सुनिल यादवको राजीनामा नआउँदासम्म सदनको बैठक चल्न नदिने प्रतिपक्षी दलहरूको अडान छ ।
प्रदेश सभामा जसपा नेपाल, माओवादी केन्द्र, एकीकृत समाजवादी (एस) नागरिक उन्मुक्ति पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टीसहितका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण