संसदीय सुनुवाइ समितिमा शुक्रबार सदस्य हेरफेर हुने
सारांश
- संसदीय सुनुवाइ समितिमा सदस्य हेरफेर हुने भएको छ, जसको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ।
- नेपाली कांग्रेसले समितिमा सदस्य हेरफेर गर्न लागेको हो, जसमा रामहरि खतिवडालाई ल्याइने चर्चा छ।
- राज्य व्यवस्था तथा सुशासन समिति सभापतिबाट राजीनामा दिएका खतिवडालाई सुनुवाइ समितिमा ल्याउन लागिएको हो।
काठमाडौँ । संसदीय सुनुवाइ समिति (संयुक्त) मा सदस्य हेरफेर हुने भएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको लागि तय भएको बैठकमा सभामुख देवराज घिमिरेले समिति सदस्यको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको छ ।
सम्भावित कार्यसूचीको २ नम्बरमा लेखिएको छ, ‘सम्माननीय सभामुखले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाइ समितिमा माननीय सदस्यको नाम हेरफेर गर्नुहुने ।’
स्रोतका अनुसार नेपाली कांग्रेसले समितिमा सदस्य हेरफेर गर्न लागेको हो । सभामुखले बिहीबार बोलाएको प्रमुख सचेतकहरूको बैठकमा प्रमुख सचेतक श्यामकुमार घिमिरेले सदस्य हेरफेरको प्रस्ताव राखेका थिए ।
सङ्घीय निजामती कर्मचारी विधेयकको ‘कुलिङ अफ पिरियड’ लफडा छानबिन गर्न बनेको संसदीय विशेष समितिले नैतिक जिम्मेवार ठहर्याएपछि राज्य व्यवस्था तथा सुशासन समिति सभापतिबाट राजीनामा दिएका रामहरि खतिवडालाई संसदीय सुनुवाइ समितिमा कांग्रेसले लैजान लागेको बताइएको छ ।
सुनुवाइ समिति सभापति ईश्वरीदेवी न्यौपानेले त्यो पदबाट राजीनामा दिएर राज्य व्यवस्था तथा सुशासन समिति सभापति बनेकी छन् । रिक्त सभापति पदमा निर्वाचन हुनुअगाडि कांग्रेसले सदस्य फेर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण