मुख्यमन्त्री बानियाँको राजनीतिक सल्लाहकारमा लामा नियुक्त
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा बुद्ध लामा नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लामालाई मुख्यमन्त्री बानियाँको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेको हो ।
लामा नेपाली कांग्रेस मकवानपुरका सभापति समेत रहेका छन् । प्रमुख राजनीतिक सल्लाहकार नियुक्त भएका लामाले राज्यमन्त्री सरहको सुविधा प्राप्त गर्नेछन् ।
२०३६ बाट कांग्रेसको राजनीतिक यात्रा सुरु गरेका लामा २०४२ को सत्याग्रह, २०४६ र २०६२/०६३ को जनआन्दोलनमा हिरासत समेत बसेका थिए ।
२०४८ बाट हेटौँडा–४ को सचिवबाट आधिकारिक रूपमा कांग्रेसको राजनीतिमा होमिएका उनी क्षेत्रीय सभापति हुँदै २०५२ मा कांग्रेस मकवानपुरको जिल्ला सदस्य भएका थिए ।
२०५४ को स्थानीय तहको निर्वाचनमा हेटौँडा–४ को अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका उनी २०५७ मा नेपाली कांग्रेस मकवानपुरको सहसचिव, २०६२ मा महाधिवेशन समिति सदस्य भएका थिए ।
सो पश्चात् निरन्तर रूपमा महासमिति सदस्य रहेका लामा २०६३ मा कांग्रेस मकवानपुरको कोषाध्यक्ष भएका थिए भने २०७२ मा सचिवको भूमिकामा रहेका काम गरेका थिए ।
उक्त समयमा कांग्रेस मकवानपुरको सभापति इन्द्रबहादुर बानियाँ रहेका थिए । उनी २०७८ को अधिवेशनबाट कांग्रेस मकवानपुरका सभापतिको रूपमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुरारी बापुलाई जनकपुर आश्रममा निमन्त्रणा
-
सांसद थेबेले मागे सुकुमबासीदेखि सेयर बजारसम्मको हिसाब
-
राहदानी विभाग अगाडी शरीरमा आगो लगाएर आत्मदाह प्रयास
-
यस्तो देखियो गण्डकी–लुम्बिनी जोड्ने राम्दीको ‘स्टिल ट्युब आर्क पुल’
-
डीबी कार्कीसहित नेकपाका ६ नेता एमाले प्रवेश
-
कोटेश्वर–बालकुमारी सडकमा हरायो फुटपाथ, जोखिम मोलेर हिँड्न बाध्य पैदलयात्री (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण