एनआरएनए विवादमा आरके शर्मा भन्छन्– दाग ऐनामा होइन, हामीहरूको चेहरामा छ
सारांश
- एनआरएनएको विवादसम्बन्धी मुद्दा दुई सय पटक पेसी तोकिए पनि समाधान हुन सकेको छैन।
- एनआरएनए अभियन्ता राजेन्द्र कुमार शर्माले आपसी अविश्वास र इमानदारीको अभावलाई विवादको मूल कारण मानेका छन्।
- शर्माले व्यक्तिगत स्वार्थ त्यागेर संस्थाको हितलाई प्राथमिकता दिनुपर्ने र राउण्ड टेबल बैठकको प्रस्तावलाई अझै व्यवहारिक मानेका छन्।
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को तीन वर्षदेखि जारी विवादबारेको मुद्दामा झन्डै दुई सय पटकसम्म सर्वोच्च अदालत पेसी परेपनि समाधान हुन सकेको छैन। बिहीबार पनि एनआरएनएको विवाद र आधिकारिकतासम्बन्धी मुद्दा ‘हेर्न नभ्याइने’ भन्दै अर्को बिहीबारका लागि सारिएको छ।
यस्तो अवस्थामा एनआरएनए अभियन्ता राजेन्द्र कुमार शर्मा ‘आरके’ले विवादको मूल कारण आपसी अविश्वास र इमानदारीको अभाव भएको टिप्पणी गरेका छन्। उनले रातोपाटीसँग बिहीबार भने, “समस्या अदालतमा होइन, विश्वास र इमान्दारीको खडेरीमा छ। दाग ऐनामा होइन, हामीहरूको चेहरामा छ।”
शर्माका अनुसार व्यक्तिगत स्वार्थ छोडी संस्थाको हितलाई प्राथमिकता दिन सके मात्र संगठन फेरि सुनौलो लयमा फर्कन सक्छ। उनले यसअघि नै बारम्बार 'राउण्ड टेबल बैठक'को प्रस्ताव गरेको स्मरण गर्दै त्यही उपाय अझै पनि सबैभन्दा व्यवहारिक र प्रभावकारी रहेको धारणा राखे।
सन् २०१३/१५ मा एनआरएनएले पाएको सफलतालाई उदाहरण दिँदै उनले भने, 'यदि हामीले आवश्यक मूल्य र दृष्टिकोण अपनायौँ भने संघ फेरि त्यही सुनौलो लयमा फर्किन सक्छ।'
शर्माले आगामी बिहीबार अदालतले स्पष्ट दिशा दिने अपेक्षा राख्दै त्यस अवसरलाई इमानदार ढंगले उपयोग गर्न सबै सरोकारवालालाई आह्वान गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण